माओवादीले टुङ्गो लगायो प्रदेश तथा संघका उम्मेदवार

Posted on: 13 Sep, 2017

नन्द बहादुर रोकाया/भदौ २८, मुगु । नेकपा माओवादी केन्द्रले आगामी मंसिर १० गते हुन गैरहेको प्रदेश तथा संघको निर्वाचनका लागी मुगु जिल्लाबाट उम्मेदवारहरु टुङ्गगो लगाएको छ । 

नेकपा माओवादी केन्द्र जिल्ला कमिटी मुगुको गत २५ गतेबाट जिल्ला सदरमुकाम गमगढीमा बसेको बैठकले प्रदेश तथा संघका उम्मेदवारहरुको टुङ्गगो लगाएको हो । उम्मेदवार टुङ्गगो लगाउन माओबादी केन्द्रले पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतलाई मुगु जिल्लामा पठाएको थियो । ३ दिनसम्मको छलफलमा पाटीमा गरेको योगदान,जनप्रियता र चुनाव जित्न सक्ने उम्मेदवारहरुको एकिन गरि टुङ्गगो  लगाईएको बताईएको छ । 

नेकपा माओवादी केन्द्रका अनुसार प्रत्यक्ष तर्फ संघमा मंगल बहादुर शाही लाई उम्मेदवार बनाएको छ भने प्रदेशमा क्षेत्र नं १ मा केबल बहादुर मल्ल र क्षेत्र नं २ बाट राजु कार्कीलाई उम्मेदवार बनाएको र समानुपातिक तर्फ संघमा अज बहादुर शाही र प्रदेशमा लालचन्द्र विक र बाँचु धामीलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाएको हो । उम्मेदवारहरुको टुङ्गगो लागीसकेकाले अब गाँउलबस्ति तिर लाग्ने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

जिल्लामा मुख्य प्रतिस्प्रधामा रहेका काँगे्रस,एमाले र माओवादी मध्ये माओवादीले सबै भन्दा पहिला आफना उम्मेदवारहरुको टुन्गो लगाएको छ भने एमालेले छलफल चलाई रहेको छ । एमाले सो्रतका अनुसार ३,४ दिन भित्रमा उम्मेदवारहरुको टुन्गो लागी सक्नेछ । उता काँगे्रसले उम्मेदवार छनौटको शुरुसार अझै शुरु गरेको छैन । काँगे्रस मुगुका सभापती खड्क बहादुर शाही अन्य पाटीका उम्मेदवारको एकिन भएपछि बल्ल आफुहरुले उम्मेदवार टुन्गो लगाउने बताएका छन । 

काँगे्रसले प्रारम्भिक छलफलका लागी गाँउ कार्य समिती सभापती,स्थानिय तहमा निर्वाचित प्रतिनिधी र पराजित उम्मेदवार,भातृ तथा शुभेच्छुक संघ संगठनका प्रमुखहरुलाई आगामी आश्विन ४ गते सदरमुकाममा बोलाएको र त्यस पछी उम्मेदारको टुङ्गगो  लगाउने सभापती शाहीको भनाई छ । 

स्थानिय तहको निर्वाचन पछि विस्तारै सेलाउदै गएको मुगुको राजनिती वातावरण पुन संघ र प्रदेशको निर्वाचनका लागी तातिन शुरु गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!