देशमा एकिकृत जनक्रान्तीको शुरुवात गर्दैछौ: प्रकाण्ड

Posted on: 14 Sep, 2017

भदौ २९, जुम्ला । नेपाल कम्युनिष्ट पार्टि विप्लब पक्षका प्रवक्ता खड्क बहादुर विश्वकर्मा 'प्रकाण्ड'ले पार्टि एकिकृत जनक्रान्तीको तयारीमा लागेको बताउनुभएको छ । 

कर्णालीलाई अब देश संचालन गर्ने जिम्मा आएको भन्दै एकिकृत जनक्रान्तीको नेतृत्व पनि कर्णालीले लिनुपर्ने उहाँको भनाइ छ । देश दौडाहको क्रममा बिहिबार जुम्ला पुग्नु भएका प्रकाण्डले पत्रकारहरुसँग कुराकानि गर्दै आफ्नो पार्टी राष्ट्रिय स्वाधिनता र जनताको पक्षमा लडिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, देशका हरेक निकायमा नेतृत्व लिइरहेका दलालहरुको विरुद्धमा हाम्रो आन्दोलन जारी रहनेछ ।

 हामिलाई सबै बर्ग, लिंग र क्षेत्रले राम्रो साथ दिएका छन् । त्यसैले देशको स्वाधिनता माथि आँच पुग्ने गरी काम गर्ने जो सुकैलाई हामि माफि दिदैनौ । अब देशमा एकिकृत जनक्रान्तीको शुरुवात गर्दैछौ । 

त्यसमा सबै इमान्दार ब्यक्तिहरुले साथ दिने र आफ्नो पार्टि जनअधिकारको पक्षमा सफल हुने उहाँको दावि छ । माओबादि केन्द्रले गरेको १० बर्षे जनयुद्धलाइ क्रान्ती नभइ प्रतिक्रान्तीको संज्ञा दिदै माओबादिले अहिले आफ्नो एजेण्डा र मुद्धाहरु पनि भुलेको प्रवक्ता प्रकाण्डले तर्क गर्नुभयो । जनयुद्ध र जनआन्दोलनको नेतृत्व गरेको माओबादि केन्द्रले आन्दोलनको मर्म भुलेर देश र जनतालाइ न्याय दिलाउन नसकेको उहाँको भनाइ छ । 

उहाले भन्नुभयो, जनयुद्धमा कर्णालीका ५ सय बढि बहादुरले बलिदानि गरेका छन् । तर शहिदहरुको सपनालाई माओबादि केन्द्रले भुलेपनि आफ्नो पार्टि इमान्दार जनताको साथ सहयोगले बदलिदो समयसँगै फरक शैलिको आन्दोलनबाट एक दिन अवश्य पुरा गरेर देखाउने उहाँको दावि छ । 

देशमा बढ्दै गएको भष्टाचार, घुसखोरि, अनियमितता, गुण्डागर्दि जस्ता विकृति अन्त्यको अभियानमा सबैले साथ दिन नेपाल कम्युनिष्ट पार्टि विप्लब पक्षका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डको अपिल छ  । 

उहाँले संघिय संरचना सफल नहुने तर्क गर्दै सिंह दरबारको अधिकार गाँउगाँउमा नभएर सिंह दरबारको विकृति घरघरमा पुगेको आरोप लगाउनुभयो । देशि विदेशि शक्तिहरुले देश विखण्डन गर्न लागेको दावि गर्दै देश रास्ट्रिय आवाश्यकता भन्दा बाहिरी दिशामा गएकाले कुनै दिन देशको अस्तीत्व रहन्छ कि नाइ भन्ने चिन्ताको बिषय रहेको उहाँले बताउनुभयो । 

आफ्नो पाटिले जनताको अधिकारका लागि आवाज उठाउँदा प्रशासकहरुले आफुहरुमाथि हमला गर्नखोजे राम्रो नहुने भन्दै पाटिले आर्थिक अनियमितता गरेको भन्ने अनआवश्यकको हल्ला भैरहेको प्रकाण्डको दावि छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!