नेमकिपाका १ सय ३७ कार्यकर्ता माओबादी केन्द्रमा प्रबेश गर्दै

Posted on: 18 Sep, 2017

असोज २, जुम्ला । जनताको चाहाना अनुसार पार्टीको विचार, कार्यशैली परिवर्तन नभएको भन्दै जुम्लामा झण्डै १ सय ३७ बढि नेता, कार्यकर्ताले नेपाल मजदुर किसान पार्टीबाट एकैसाथ राजिनामा दिएका छन् । 

नेमकिपा बदलिदो परिवेशमा फैलिनुको सट्टा खुम्चिदै जानुले यसमा कुनै नेता, कार्यकर्ताको भविष्य नदेखिएको आरोपमा नेता, कार्यकर्ताले पत्रकार सम्मेलन मार्फत पाटिबाट राजिनामा दिएको घोषणा गरेका हुन् । राजिनामा दिनेहरुमा नेमकिपाको भातृ शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष पुर्णप्रसाद धिताल सहित १ सय ३७ बढि सक्रिय नेता, कार्यकर्ता रहेका छन् ।                 

राजिनामा दिनेहरुले अभियान मार्फत अर्को एक बलियो पाटी निमार्ण गर्ने दाबी गरेका छन् । जहाँ जुन पाटीमा रहेपनि किसान, मजदुर लगातय विपन्न वर्गको हितका लागि काम गर्ने कुरा राजिनामा दिएका १ सय ३७ जनाले प्रतिबद्धता गरेका छन । राजिनामा दिएका सबै माओबादि केन्द्रमा प्रबेश गर्ने हल्ला भएता पनि एकिन सत्य भने खुलाइएको छैन ।

तर नेमकिपाबाट पार्टी परित्याग गरेका धिताल सहितका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी भइरहेको माओवादी केन्द्र जुम्लाका एक नेताले जानकारी दिए । ती नेताका अनुसार यही असोज ८ गते सिंजामा हुने माओवादी केन्द्रको आमसभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउने भएका छन् ।        

ईकाई तथा गाउँ ईन्चार्ज भएकासम्म नेमकिपाका कार्यकर्ताहरुले एकैसाथ राजिनामा दिएको विषयले जुम्लामा चर्चा पाएको छ । पाटी प्रतिको अविस्वासका कारण समर्थकहरुले साथ छोड्दै जादा नेमकिपाले अघि सारेका शैक्षिक क्षेत्रमा भईरहेको अनियमितता अन्त्य गर्ने, कालोबजारी तथा भ्रष्टचार मुक्त समाज निमार्ण जस्ता योजनाले पुर्ण रुप नपाउने देखिन्छ ।         

राजिनामा दिदै केन्द्रीय उपाध्यक्ष धितालले भन्नुभयो, जो पार्टीमा सुझाब सल्लाहको मध्यनजर हुदैन र जहाँ समय र आबश्यकता अनुसार कार्यशैली परिर्वतन हुदैन त्यहाँ बसिरहन कुनै औचित्य छैन । यहि राजतीनिक परिस्थितिबाट चल्न खोजे जुम्लामा नेमकिपाले कुनै गति लिन नसक्ने उहाँको भनाइ छ । राजिनामा दिएका सक्रिय कार्यकर्ता प्रयागदत्त उपाध्याले भन्नुभयो, देशमा समाजबाद स्थापना गर्न अधुरा सपनाको परिपुर्तिका लागि बृहत कम्युनिष्ट पाटी निमार्ण अभियान समिति समेत गठन गर्नेछौ । र सो अनुसार अघि बढ्नेछौ । 

यता नेमकिपा जिल्ला अध्यक्ष शिवलाल डाँगीले विचार सिद्धान्त नमिले पछि फरक धारमा प्रस्तुत हुनु स्वभाविक भएको भन्दै जानेहरुले पनि त्यहि अधिकारको प्रयोग गरेको तर्क गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!