महोत्तरीको बर्दिबास नगरपालिकाको ताजा मत परिणाम हेर्नुहोस्

Posted on: 19 Sep, 2017

असोज ३, महोत्तरी | महोत्तरीको बर्दिबास नगरपालिकाको ताजा मत परिणाम अनुसार कांग्रेसले अग्रता लिएको छ |  बर्दिबास नगरपालिकामा मेयर पदमा कांग्रेसका उम्मेदवारले ३५० मत पाएका छन् भने उपमेयरका उम्मेदवारले २५७ मत पाएका छन् | 

त्यस्तै यहाँ कांग्रेसलाई एमालेले पछ्याईरहेको छ | एमालेका मेयर उम्मेदवारले १८८ मत पाएका छन् भने उपमेयरले २४० मत पाएका छन् | त्यस्तै तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले मेयर पदमामा १५२ मत पाएको छ उपमेयरमा १८३ मत प्राप्त गरेको छ |  

यसै क्रममा अहिलेसम्मको ताजा मत परिणाम अनुसार ५ स्थानमा कांग्रेस, २/२ स्थानमा एमाले र माओवादीले अग्रता लिएका छन् । 

अहिलेसम्म कहाँ कसको अग्रता ? 

कांग्रेस 

बर्दिबास नगरपालिका (महोत्तरी)

परोहा नगरपालिका (रौतहट) 

औरही गाउँपालिका (धनुषा) 

कल्याणपुर नगरपालिका (सिरहा) 

भंगाहा नगरपालिका (महोत्तरी)

बारागढी गाउँपालिका (बारा) 

क्षिरेश्वरनाथ नगरपालिका (धनुषा) 

लाहान नगरपालिका (सिरहा)

एमाले 

ठोरी गाउँपालिका (पर्सा)

मिथिला नगरपालिका (धनुषा) 

सप्तकोशी नगरपालिका 

माओवादी केन्द्र 

गणेशमान चारनाथ नगरपालिका (धनुषा) 

देवताल नगरपालिका (बारा)

फोरम नेपाल 

लक्ष्मीपुर पतारी गाउँपालिका (सिरहा)

यस बिषयमा तपाइको प्रतिक्रिया...!