माओवादी केन्द्रले धनुषामा पनि खाता खोल्यो

Posted on: 19 Sep, 2017

असोज ३, काठमाडौं । प्रदेश नम्बर २ अन्तर्गत धनुषामा पनि माओवादी केन्द्रले खाता खोलेको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार सत्यनरायण दनुवार विजयी भएका छन् । उनीसहित वडामा माओवादीको प्यानलै विजयी भएको हो ।

दनवारले १९४ मत ल्याएर विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेद्वारालाई पछि पार्दै विजयी भएका हुन् । यस्तै नगरपालिकाको मेयरमा पनि माओवादीले नै अग्रता लिएको छ ।

यसअघि सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ को अध्यक्षमा पनि माओवादी केन्द्रका मोहनबहादुर खत्री ३४२ मत ल्याएर विजयी भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!