बारामा माओवादीले खाता खोल्यो

Posted on: 19 Sep, 2017

असोज ३, बारा | बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । 

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार वडाध्यक्षमा माओवादी उम्मेदवार पवनलाल साह कलवार ४८१ मत ल्याएर विजयी भएका हुन् । यो सँगै माओवादी केन्द्रले  प्रदेश नम्बर दुईमा अहिलेसम्म ४ वडा जितेको छ । 

बाराको देवताल गाउँपालिकामा माओवादीले हरिलाल यादवलाई गाउँपालिका प्रमुखमा उम्मेदवार खडा गरेको छ त्यस्तै उपप्रमुखमा रम्भादेवी साहलाई खडा गरेको छ । 

यो गाउँपालिकामा एमालेले विजय कुमार पाण्डे, कांग्रेसले हरिलाल यदाव, संघिय समाजवादी फोरमले उदयप्रसाद यादव र राजपाले चन्दन सिंहलाई गाउँपालिका प्रमुखमा उभ्याएका छन् । मतगणना जारी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!