सबैको ध्यानाकर्षण रहेको वीरगञ्ज महानगरमा पनि मतगणना सुरू भयो (अपडेट)

Posted on: 19 Sep, 2017

असोज ३, वीरगञ्ज | निकै महत्वका साथ् हेरिएको बिरगंज महानगरपालिकाको मतगणना भर्खरैबाट सुरु भएको छ । तेस्रो चरणमा स्थानीय तहको निर्वाचन भएको एक मात्र महानगरपालिका वीरगञ्जमा भर्खरैदेखि मतगणना सुरू भएको हो ।

वीरगञ्ज महानगरपालिकामा सिसी क्यामेराको निगरानीमा तार जालीभित्र मतगणना सुरू गरिएको छ । माहानगरको मतगणना स्थानीय ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना सुरू भएको छ । 

वीरगञ्ज नगरप्रमुखमा नेकपा माओवादी केन्द्रबाट रहबर अन्सारी, नेकपा एमालेबाट बसुरुद्धीन अन्सारी, नेपाली कांग्रेसबाट अजय द्विवेदी, संघीय समाजवादी फोरमबाट विजय सराबगी र फोरम लोकतान्त्रिकबाट विमल श्रीवास्तव प्रतिस्पर्धामा छन् ।

वीरगञ्ज महानगरपालिका, पोखरीया, महुदरमाई गरी दुई नगरपालिका तथा १० वटा गाउँपालिका छन् । दुई लाख ८० हजार १११ मतदाता रहेका छन् । 

यसैबीच पर्सा जिल्लाको ४ स्थानीय तहमा एमालेको अग्रता छ बहने कांग्रेस र माओवादी १/१ ठाउँमा अगाडि छन् । मतगणना जारी रहेकामध्ये ६ स्थानीय तहको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

पर्सामा एमालेले पर्सागढी, पटर्वा सुगौली, सखुवा पर्सौनी र बिन्दबासिनी गाउँपालिकामा अग्रता लिएको छ । त्यस्तै माओवादीको अग्रता ठोरी गाउँपालिकामा छ । उता कालिकामाई गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!