धनुषाका ४ वडामा एमाले बिजयी

Posted on: 19 Sep, 2017

असोज ३, धनुषा । दुई नम्बर प्रदेशका १३६ स्थानीय तहको मतगणना जारी छ । 

प्रारम्भिक मतपरिणाम धनुषामा हालसम्म नेकपा एमालेले ४ वटा वडामा जीत हात पारेको छ ।

धनुषाको हंसपुर नगरपालिका वडा नं. १ मा कामेश्वर कापर, विदेह नगरपालिका वडा नं. १ मा रामवृक्ष ठाकुर, मुखियापट्टि मुसहरनिया गाउँपालिका वडा नं. १ मा कौशल यादव र मुखियापट्टि मुसहरनिया गाउँपालिका वडा नं. २ मा नरेश यादव विजयी भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!