बिरगंज महानगर: रहबर २ स्थान माथि उक्लिए, कांग्रेस-राजपामा १ मतको अन्तर (अपडेट)

Posted on: 19 Sep, 2017

असोज ३, वीरगञ्ज । वीरगञ्ज महानगरमा मतगणना जारी छ । सोमबार भएको मतदानपछी ढिलो गरि गन्न सुरु गरिएको महानगरपालिकामा ७०० मत गणना गर्दा राजपाले काँग्रे भन्दा १ मतले अग्रता लिएको छ । तर बीरगन्ज महानगरपालिकामा अग्रता लिइरहेको राजपाका उम्मेदवारको मतान्तर भने अहिले घटेको छ । 

मत परिणाम अनुसार पहिलो स्थानमा रहेका राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले २३५ मत पाएका छन् । त्यस्तै दोश्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार अजय द्विवेदीले २३४ मत पाएका छन्  । द्विवेदीले अग्रता लिन अब १ मत मात्र ल्याउनुपर्ने छ । 

त्यस्तै यस अघिको मत परिणाम अनुसार दोश्रो स्थानमा रहेका फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले १३७ मत सहित तेश्रोमा झरेका छन् । 

त्यस्तै छैटौं स्थानमा रहेको माओवादी केन्द्र २ स्थानमा उक्लिँदै चौथो स्थानमा आइपुगेको छ । माओवादी केन्द्रका मेयर उम्मेदवार रहबर अन्सारीले ९८ मत प्राप्त गरि २ स्थान माथि उक्लिएका हुन् ।

त्यस्तै फोरम लोकतान्त्रिकका विजय सरावगी ७६ मत ल्याई पाँचौं स्थानमा छन् भने एमालेका उम्मेद्वार बशरुद्दिन अन्सारी ७२ मत सहित छैटौं स्थानमा झरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!