वीरगन्ज महानगरको ताजा परिणाम: १६०० मत गन्दा कसको कति ?

Posted on: 20 Sep, 2017

असोज ३, बीरगंज | तेश्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा मतगणना जारी छ, त्यसमा पनि प्रदेश २ कै महत्वपूर्ण मानिएको एक मात्र महानगरपालिका बिरगंजको ताजा मत परिणाम भर्खरै प्राप्त भएको छ ।

ताजा मत परिणाम अनुसार बिरगंज महानगरको मत परिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ । १६०० मत गणना भएपछि सार्वजनिक भएको मतपरिणाम अनुसार मेयर पदका कांग्रेस उम्मेदवार अजय द्विवेदीले ४४६ मत ल्याएर सबैभन्दा अग्र स्थानमा छन् ।

त्यस्तै दोस्रो स्थानमा राजपाका उम्मेदवार राजेशमान सिंहले ३८० मत पाएका छन् । 

त्यस्तै तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगीले २४३ मत पाएका छन् । 

यस्तै, चौथो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले १७६ मत पाएका छन् । 

त्यस्तै पाँचौ स्थानमा रहेको फोरम लोकतान्त्रिकका उम्मेदवारले विमल श्रीवास्तवले १२० मत पाएका छन् । 

त्यस्तै एमाले उम्मेदवार बशरुद्दिन अन्सारीले ८८ मत पाएर छैटौं स्थानमा छन् ।

बिरगंज महानगरमा उपमेयरमा पनि कांग्रेस उम्मेदवारकै अग्रता छ । कांग्रेस उम्मेदवार शान्ति कार्कीले ४६२, राजपा उम्मेदवार रम्भा मिश्राले ३९२, संघीय समाजवादी फोरमकि पिंकी यादवले २४४, माओवादी उम्मेदवार दुर्गा क्षेत्रीले १६३, एमाले उम्मेदवार सोफिया आचार्यले ९६ मत र फोरम लोकतान्त्रिककि उम्मेदवार अनितादेवी यादवले ९३ मत पाएकि छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!