"बाबुरामजीको पार्टीसँग तालमेल हुदैन" : प्रचण्ड

Posted on: 20 Sep, 2017

असोज ४, काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले बुधवार गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ शक्ति पार्टीसँग कुनै हालतमा तालमेल हुन नसक्ने बताएका छन् ।

निर्वाचनको तयारीका लागि कार्यकर्तालाइ प्रशिक्षण दिन आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले उक्त पार्टी संग तालमेल नहुने बताय । 

‘स्थानीय तहको चुनावमा हामीलाई सहज हुने गरी बिभिन्न पार्टीसँग तालमेल गर्‍यौ,’ प्रचण्डले भने, ‘अबको चुनावमा पनि सहज हुने हिसावले तालमेल हुन्छ, तर बाबुरामजीको पार्टीसँग भने तालमेल हुदैन" ।

पार्टी एकताका लागि भट्टराइलाई बारम्वार आग्रह गरेपनि बेवास्था गरेको प्रचण्डले बताएका छन् । ‘मिल्नुपर्‍यो भनेर बाबुरामजीलाई भन्दा झन् परपर भाग्नुभयो,’ उनले भने । बाबुराम, बैद्य र विप्लव समूह माओवादी केन्द्रसंग अलग बस्नुको कुनै औचित्य नभएको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने बताए । स्थानीय तहको मतपरिणाम सन्तोषजनक नभएको भन्दै उनले अवको चुनावमा क्रान्तिकारी शक्तिलाई जिताउने गोरखाको परम्परा र बिरासत कायम हुनेमा बिश्वस्त रहेको बताए ।

निर्वाचनमा कसले कति सिट ल्यायो भन्नुभन्दा पनि निर्वाचन संबिधान कार्यान्वयनको संवेदनशील पक्ष भएकाले निर्वाचन सम्पन्न हुनु नै ठूलो उपलब्धी भएको उनको भनाइ छ । साथै उनले यही सरकारले चुनाव गराउने समेत बताएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!