१७ स्थानीय तहको परिणाम सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)

Posted on: 21 Sep, 2017

असोज५, काठमाडौं । प्रदेश २ का १३६ स्थानीय तहमध्ये १७ स्थानीय तहको मतपरिणाम सार्बजनिक भएको छ । 

सार्बजनिक मत परिणाम अनुसार कांग्रेस अगाडि देखिएको छ भने एमालेले कांग्रेसलाई पछ्याईरहेको छ । बिहान १० बजेसम्मको अपडेटमा कांग्रेसले ५ र एमालेले चार स्थानीय तह जितेका छन् ।

माओवादी, राजपा, संघीय फोरम र फोरम लोकतान्त्रिकले दुई/दुई स्थानीय तह जितेका छन् । अग्रताको हिसाबले नेपाली कांग्रेसले पहिलो स्थान कायमै राखेको छ भने दोश्रो स्थानमा संघीय फोरमले कब्जा जमाईरहेको छ ।

कहाँ कसले जिते ?

कांग्रेसले जितेका स्थानीय तह

१. औरही गाउँपालिका,धनुषा

२. जनकनन्दिनी गाउँपालिका,धनुषा

३. नवराजपुर गाउँपालिका,सिरहा

४. बिष्णुपुर गाउँपालिका,सप्तरी

५. धनकौला गाउँपालिका

एमालेले जितेका स्थानीय तह

१. सप्तकोशी नगरपालिका,सप्तरी

२. बटेश्वर गाउँपालिका,धनुषा

३. मुखियापट्टी मुसहरनीया गाउँपालिका,धनुषा

४. पटेर्वा सुगौली गाउँपालिका,पर्सा

माओवादीले जितेको स्थानीय तह

१. कर्जन्हा नगरपालिका,सिरहा

२.अर्नामा गाउँपालिका,सिरहा

संघीय फोरमले जितेका स्थानीय तह

१. विष्णुपुर गाउँपालिका,सिरहा

२. भगवानपुर गाउँपालिका, सिराह

राजपाले जितेका स्थानीय तह

१. हंशपुर नगरपालिका,धनुषा

२.कौडेना गाउँपालिका,सर्लाही

लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह

१. इशानाथ नगरपालिका,रौतहट

२.बिष्णु गाउँपालिका,सर्लाही

यस बिषयमा तपाइको प्रतिक्रिया...!