धादिङ्गका पुर्व वाइसियल अध्यक्ष राजेश अधिकारी एमालेमा प्रवेश

Posted on: 26 Sep, 2017

असोज १०, काठमाडौँ | धादिङ्गका पुर्व वाइसियल अध्यक्ष तथा माओवादी केन्द्रका पुर्व जिल्ला सदस्य राजेश अधिकारी माओवादी केन्द्र त्यागि एमालेमा प्रवेश गरेका छन् । 

मंगलबार काठमाडौँको धुम्बाराही स्थित एमाले पार्टी कार्यालयमा धादिङ्ग ज्वालामुखी गाउँपालिकाका सक्रिय नेता तथा कार्यकर्ताका साथ अधिकारी लाई एमाले अध्यक्ष केपी शर्मा वलीले खादा लगाई एमालेमा स्वागत गरेका हुन् । पार्टी प्रवेश पछीको कार्यक्रममा अधिकारीले अब एमालेमा सक्रिय राजनीति गर्ने बताए । उनले भने 'यस अघि माओवादीमा रहेर जति सक्रियता देखाएँ अब एमालेमा आएर त्यो भन्दा बढी सक्रिय रहेर काम गर्नेछु ।' 

अधिकारी गत २०६३ पुस ४ गतेदेखि माओवादीमा सक्रिय भई अहिलेको ज्वालामुखी ५ (खरी)मा माओवादीको नेतृत्व सम्हाल्दै आएका थिए । 


त्यस्तै सोहो कार्यक्रममा ललितपुर स्थित थापाथाली क्याम्पसका अनेरास्ववियु क्रान्तिकारीका बिद्यार्थी नेता निश्चल घिमिरे पनि एमालेमा प्रवेश गरेका छन् । 

कार्यक्रम पछी बोल्दै एमाले पार्टी केन्द्रीय समिति सदस्य तथा नुवाकोट/धादिङ्ग इन्चार्ज खेम प्रसाद लोहनीले एमालेको राजनीतिक आन्दोलन सफल भएको टिप्पणी गर्दै समृद्ध राष्ट्र निर्माणको लागि एमालेको नेतृत्व आवश्यक रहेको साझा सबाललाई बताएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!