एमाले अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट सिफारिस

Posted on: 05 Oct, 2017

असोज १९, झापा  ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले झापाले उम्मेदवार सिफारिस सुरु गरेको छ ।

झापाका पाँच वटै निर्वाचन क्षेत्रका लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले झापा सचिव मदन अधिकारीले जानकारी दिए ।

झापा क्षेत्र नं १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नं २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नं ३ बाट पुष्पराज पोखरेल, क्षेत्र नं ४ बाट लालप्रसाद (एलपी) साँवा र क्षेत्र नं ५ बाट अध्यक्ष केपी ओलीको नाम सर्वसम्मत सिफारिस गरिसकेको सचिव अधिकारीले बताए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!