वाम एकताले केही व्यक्तिहरु आत्तिए: रावल

Posted on: 05 Oct, 2017

ललित बोहरा/असोज १९, डडेल्धुरा । नेकपा एमालेका उपाध्यक्ष एवंम् प्रदेश नं. ७ का ईन्चार्ज भीम रावलले वाम एकताले केही व्यक्तिहरु आत्तिएका बताए । नेपालमा कम्युनिष्ट पार्टीहरु विच भएको एकतामा वाह्य शक्तिहरुको कुनै हस्तक्षेप नभएको भन्दै नेता रावलले देशको आवश्यकता आधारमा पार्टी विच एकता भएको बताउनु भयो ।

प्रेस चौतारी नेपाल डडेल्धुराले बिहीबार डडेल्धुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले वाम पार्टिहरुको एकता राष्ट्र र जनताको हितमा

रहेको बताउनु भयो । नेपाली कांग्रेसले वाम एकता अस्वभाविक भएको भन्दै चिन्ता जाहेर गर्नुको कुनै औचित्य नरहेको भन्दै नेता रावलले भने ‘नेपालमा

२००७ साल देखीको अस्थिर राजनितिलाई स्थिर बनाउनका लागि वाम एकता आवश्यक थियो’ ।

एमाले र माओवादी केन्द्र बिचको कार्यगत एकता वर्तमान समयमा अकस्मात रुपमा नभई विगत १० बर्ष देखीको एकताको प्रयासको सफलता भएको नेता रावलले बताए । ‘विगतमा केही गर्नु अघि प्रचार बढी हुन्थ्यो यस पटक केही भएपछि प्रचार गरेका छौ’ नेता रावलले भने अब देशमा स्थायी सरकारको आवश्यकता छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!