नयाँशक्ति पार्टी पर्वतद्धारा संघ र प्रदेशका लागि उम्मेदवार तय

Posted on: 07 Oct, 2017


पर्वत । नयाँ शक्ति नेपाल पर्वतले प्रदेश सभा र प्रतिनिधिसभाको लागि आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको छ ।

नयाँ शक्तिले प्रतिनिधि सभाका लागि प्रत्यक्षमा महाशिला गाउँपालिकाकी कमला गुरुङ्ग र मोदी–२ यामबहादुर चोचाङ्गी र कुश्मा नगरपालिका ११ का सुनिल पौडेललाई छनौट गरेको छ भने समानुपातीक तर्फ मोदी ६ का देविकुमारी क्षेत्रीलाई सिफारीस गरेको छ ।

त्यस्तै प्रदेशसभाका लागि पर्वतको क्षेत्र क बाट प्रत्यक्ष तर्फ कुश्मा नगरपालिका १२ का बिनोद सुवेदी र मोदी गाउँपालिकमा ६ का महेन्द्रजंग लामिछाने र समानुपातीकमा मोदी ६ कै रामकुमारी तामाङलाई छनौट गरेको हो ।

त्यस्तै पर्वतको क्षेत्र ख बाट फलेवास नगरपालिका २ का ओमबहादुर भण्डारी र फलेवास नगरपालिका–८ का निलबुमार रिजाललाई छनौट गरेको छ भने क्षेत्र ख बाट सामानुपातीकमा फलेवास–२ की कमला सापकोटालाई छनौट गरेको नयाँ शक्ति पार्टी पर्वतका संयोजक महेन्द्रजंग लामिछानेले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!