मिल्यो कुरा राप्रपा र कांग्रेस को ! अब छिट्टै वाम गठबन्धन लाई टक्कर दिने तयारी

Posted on: 09 Oct, 2017

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।


माओवादी केन्द्रले साथ छाड्दा सरकार अल्पमतमा पर्न गई निर्वाचन नै धरापमा पर्नसक्ने ठहर गर्दै कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित वर्तमान सरकारलाई समर्थन दिने निर्णय गरेको प्रवक्ता सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।


बैठकले सरकारलाई समर्थन दिने निर्णय आज नै संसद सचिवालय र कांग्रेसलाई जानकारी दिने निर्णय समेत गरेको छ ।


बैठकपछि राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘सत्ता साझेदार दल नेकपा (माओवादी) केन्द्रले प्रमुख प्रतिपक्ष दल एमालेसंग पार्टी एकता र चुनावमा सहकार्य गर्ने निर्णय गरे पश्चात सरकार अल्पमतमा पर्न सक्ने, राजनीतिक अस्थिरता खडा हुने तथा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नै धरापमा पर्न सक्ने संभावनालाई दृष्टिगत गर्दै चुनावको सुनिश्चताको निमित्त राप्रपाले देउवा सरकारलाई समर्थन दिने निर्णय गरेको छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!