राप्रपा डडेल्धुराद्वारा उम्मेदवारको नाम सिफारिस

Posted on: 09 Oct, 2017

असोज २३, डडेल्धुरा । राप्रपा डडेल्धुराले प्रतिनिधि सभासदस्य र प्रदेश सभा सदस्यका लागि जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।

राप्रपा जिल्ला कार्य समिति डडेल्धुराको सोमबार सम्पन्न बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार छनौट गरेको हो । राप्रपा डडेल्धुराले संघको प्रत्यक्ष तर्फ काली प्रशाद जोशीको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ जितबहादुर शाही, सुरेश कार्की र ज्ञानु जैरुको नाम सिफरिस गरेको छ ।

प्रदेश सभामा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रमानन्द भट्ट, समानुपातिक तर्फ बासु देब जोशि, ओमप्रकाश जोशी र कमला सार्कीको नाम सिफारिस गरिएको छ । यस्तै क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ हरी साँउद समानुपातिक तर्फ टेक राज पनेरु, सागर पनेरु, पार्वति जैरु, जयराज अवस्थीको नाम सिफारिस गरेको राप्रपा डडेल्धुराले जनाएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधीसभा र प्रदेशसभा सदस्य चुनावकै दिन जनमत संग्रहको माग गरेको छ । नेपाललाई हिन्दूराष्ट्र बनाउने कि नबनाउने अधिकार जनताको भएको भन्दै राप्रपाले जनमत संग्रहको माग गरेको छ ।

राप्रपा डडेल्धुराले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गर्दै हिन्दूराष्टि स्थापना गर्नेबारे प्रत्यक्षरुपमा जनताकोअभिमत लिन मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनकै दिन जनमत संग्रहको माग गरेको छ । प्रमुख जिल्ला अधिकारी जनकराज भट्ट मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाइएको छ ।

राप्रपाका जिल्ला अध्यक्ष टेकराज पनेरुद्धारा हस्ताक्षरित विज्ञप्तीमा धर्मनिरपेक्षताको आडमा धर्मपरिवर्तन भैइरहेकाले नेपालको धार्मिक संस्कृतिक पहिचान संकटमा परेको उल्लेख गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!