भिम रावलले लगाएको आरोप सुनेर देउवाको बालुवाटार र कांग्रेसमा आक्रोश

Posted on: 10 Oct, 2017

असोज २४, काठमाण्डौ । नेकपा एमालेका नेता भिम रावलले नेपाली कांग्रेस जनताको बिचमा जान डराएकाले चुनाव सार्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै रावलले चुनाव हार्ने डरले कांग्रेसले चुनाव सार्न खोजेको बताए । वाम गठबन्धनका कारण चुनाव गर्न कुनै समस्या नभएको जिकिर गरे । एउटै सिद्धान्त भएका दलहरु मिल्न खोज्दा लोकतन्त्रमा खतरा भयो भन्दै अनावश्यक आरोप लगाउनु कुतर्क र हास्यास्पद भएको रावलको भनाई छ ।

स्थानीय चुनाव पनि सरकारमा रहेका राजनीतिक दलहरु नै फरक फरक किसिमले चुनाव लडेको र सत्ता पक्षीय दलहरु एक अर्कासँग प्रतिस्पर्धा गरेको उदाहरण दिदै रावलले वाम गठबन्धनले चुनावलाई कुनै प्रभाव नपर्ने बताए ।

पार्टी एकता गरेर अगाडि बढ्दा कसैलाई टाउको दुख्नु नपर्ने रावलले बताए । नेपाललाई कमजोर पार्न चाहनेले वाम गठबन्धनको गलत व्याख्या गरेको आरोप रावलले लगाए । नेपाली कांग्रेसलाई देशको स्वाधिनता र लोकतन्त्रप्रति विश्वास नभएको रावलको आरोप छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!