कांग्रेस संसद बाट नै गृहमन्त्री को राजिनामा माग ! गृहमन्त्री लाइ तनाब

Posted on: 10 Oct, 2017


काठमाण्डु, २४ असोज – नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । 

मंगलबारको संसद बैठकमा बोल्दै उनले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको सोमबार काठमाण्डुमा भएको हत्यामा गृह मन्त्रीको कमजोरी रहेको भन्दै सत्तारुढ नेपाली कांग्रेसकै सांसदले राजीनामा माग गरेका हुन् ।


राजधानीमा दिनदहाडै गौचनको हत्या हुनु गृहमन्त्रीको ठूलो कमजोरी रहेको भन्दै राजीनामा माग गरेका छन् ।

‘यस्ता मन्त्रीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्भव छैन’ उनले भने ।

सांसद खतिवडाले हत्यामा संलग्नको पहिचान गरी कारबाही गर्न नसक्ने गृहमन्त्रीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा शान्ति सुरक्षा दिन नसक्ने भन्दै राजीनामा माग गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!