उपराष्ट्रपतिका छोरा दिपेश पुनले लिने भए गगन थापा संग आफ्नो बुवाले लिन नसकेको बदला

Posted on: 10 Oct, 2017

असोज २४, काठमाडौँ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले उपराष्ट्रपति पुत्र दीपेश पुनलाई आसन्न संघीय प्रतिनिधिसभा निर्वाचनमा काठमाण्डु निर्वाचन क्षेत्र नम्बर– ४ बाट प्रत्यक्ष तर्फको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

क्रन्तिकारीको विद्यार्थी विशेष जिल्ला समितिको मंगलबार राजधानीमा बसेको बैठकले पुनलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हुन् । अखिल क्रान्तिकारीका उपाध्यक्षसमेत रहेका पुन उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका कान्छा छोरा हुन् ।

काठमाण्डु–४ मा कांग्रेसका गगन थापा र एमालेका डा. राजन भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । यसअघि २०७० सालमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा पुनका बाबु नन्दबहादुर पुन गगनसँग पराजित भएका थिए ।

क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले युवा नेतृत्वलाई अघि सार्न पार्टी नीतिअनुसार नयाँ पुस्तालाई टिकटमा सिफारिस गरिएको उनले जनाए ।

रोल्पा निवासी दीपेश राजनीतिका साथै समाज सेवामासमेत सक्रिय छन् । वैशाख १२ को महाभूकम्पपछि पुन प्रभावित अधिकांश जिल्ला पुगेर राहत तथा पुनः निर्माणमा खटिएका थिए । पछिल्लो पटक तराईमा बाढी आएका बेला उनले उदाहरणीय रुपमा उद्धार कार्यमा सहभागी जनाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!