वामपन्थी नेता श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश

Posted on: 16 Oct, 2017

असोज ३०, काठमाडौँ (रासस) | ललितपुरका वामपन्थी नेता एवम् बुद्धिजीवी महेश्वर श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । 


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज बुद्धिजीवी श्रेष्ठ पार्टी प्रवेश गर्नुभएको हो । 

श्रेष्ठ विगत लामो समयदेखि वामपन्थी आन्दोलनमा क्रियाशील हुनुहुन्थ्यो । सो अवसरमा उहाँले राजनीतिक एजेण्डा र समाजवादी कार्यसूचीमा अगाडि बढ्ने माओवादी केन्द्रको निर्णयसँग सहमत भएर आफू माओवादी केन्द्रमा आएको बताउनुभयो । 

पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले नेता श्रेष्ठको अनुभव र बौद्धिकताले माओवादी केन्द्रमा थप ऊर्जा हासिल हुने विश्वास व्यक्त गर्नुभयो । 

नेता श्रेष्ठको पार्टी प्रवेशले ललितपुरमा माओवादी केन्द्रको संगठनात्मक आधार बलियो हुने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!