प्रदेश नम्बर ७ मा एमाले-माओवादी तालमेल, कसलाई कहाँ ?

Posted on: 19 Oct, 2017

कात्तिक २, धनगढी । बाम गठबन्धनबीच प्रदेश नम्बर ७ का सबै स्थानमा प्रारम्भिक टुंगो लगाएका छन् । प्रदेश नम्बर ७ मा प्रतिनिधिसभाका १६ सिट मध्ये ५ सिट माओवादीलाई दिने टुंगो लागेको छ । 

यहाँ माओवादी केन्द्रले प्रदेशसभा अन्तर्गत १२ सिट मागेकोमा ११ सिटको लागि टुंगो लागेको छ ।


प्रतिनिधिसभामा एमालेलाई ११ सिट 

कैलाली - ३ सिट (क्षेत्र नम्बर १,  २  र ५ मा एमालेले लड्ने)

कंचनपुर - २ सिट (तर १ सिटको लागि माओवादीले दावी गरेको छ)

बैतडी - एमाले (जिल्लामा १ क्षेत्र मात्र रहेको)

दार्चुला - एमाले (जिल्लामा १ क्षेत्र मात्र रहेको)

बझाङ - एमाले (जिल्लामा १ क्षेत्र मात्र रहेको)

बाजुरा - एमाले (जिल्लामा १ क्षेत्र मात्र रहेको)

डोटी - एमाले  (जिल्लामा १ क्षेत्र मात्र रहेको)

अछाम - १ सिट (क्षेत्र नम्बर १ मा भीम रावल उम्मेदवार बन्नेछन् )

प्रतिनिधिसभामा माओवादीलाई ५ सिट

कैलाली - २ सिट (कैलालीमा माओवादी नेता लेखराज भट्ट कैलाली-४ बाट लड्नेछन् भने ३ नम्बर निर्वाचन क्षेत्र पनि माओवादीले पाउनेछ ।)

कंचनपुर -  १ सिट (क्षेत्र नम्बर १ दिने निश्चित, यहाँ प्रचण्डकि बुहारी बिना मगर लड्ने चर्चा छ । त्यस्तै यो जिल्लामा माओवादीले अर्को १ सिट दावी गरेको छ ।)

डडेल्धुरा - १ सिट (यो प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र पनि हो । यहाँ माओवादी नेता खगराज भट्ट उम्मेदवार बन्ने भएका छन् ।)

अछाम - १ सिट (क्षेत्र नम्बर २ मा माओवादीलाई दिने निश्चित भएको छ ।)

नेताहरुले प्रदेश नम्बर ७ मा अब कंचनपुरमा माओवादीले दावी गरे अनुसार १ सिटमा मात्र कुरा मिल्न सकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!