प्रधानमन्त्री देउवा र माओवादीका खगराज भट्टबीच डडेलधुरामा कडा टक्कर हुने

Posted on: 20 Oct, 2017

कात्तिक ३, डडेल्धुरा । प्रतिनिधिसभा चुनावका लागि बाम गठबन्धनबाट माओवादी केन्द्रका खगराज भट्ट उम्मेदवार बन्ने भएका छन् भने कांग्रेसबाट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर देउवाबीच डडेल्धुरामा प्रतिश्पर्दा हुने भएको छ ।  

बाम गठबन्धनबाट भट्टले देउवासँग प्रतिशप्रर्धी गर्ने भएपछी त्यहाँको निर्वाचनले कस्तो नतिजा देला भन्ने प्रश्न चिन्ह खडा भएको छ । 

डडेल्धुरामा कांग्रेसले आफ्नो सभापतिको क्षेत्र भएकाले आफुलाई जिताउन निकै कसरत गर्नेछ भने कांग्रेसकै बिरासत भत्काएर आफुलाई अगाडी ल्याउन बाम गठबन्धनले पनि निकै ठूलो कसरत गर्ने देखिन्छ । 

यसबीच बाम गठबन्धनले प्रदेश ७ मा तालमेलको कुरा लगभाग टुंग्याएको छ । यहाँ माओवादीले प्रदेशसभाका लागी ५ सिट पाउने पक्का भएको छ भने एमालेले ११ सिट पाउने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!