उपमेयर चौधरीको संयोजकत्वमा न्यायिक समिति गठन

Posted on: 24 Oct, 2017

अजयकुमार साह | कात्तिक ७, उदयपुर । त्रियुगा नगरपालिकाले उपमेयर देवी चौधरीको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरी काम सुचारु गरेको छ ।

समितिको सदस्यहरुमा पशुपति चौधरी र केदार दनुवार रहेकाछन् । नगरपालिका स्थापना भएको २१ बर्ष पछि गठित न्यायिक समितिले देवानी प्रकृतिका मुद्दाहरुलाई मुख्य रुपमा हेर्ने र न्याय सम्पादन गर्ने समितिका संयोजक एवं उपमेयर देवी चौधरीले बताए ।


नगरवासीको सम्बन्धमा हुने अंश, माना चामल, घरेलु हिंसा, साध सिमाना, सामान्य झैझगडा, लेनदेन सम्बन्धी विवाद लगायतका सामान्य प्रकृतिका मुद्दाहरुलाई नगर स्तरीय न्यायिक समिति मार्फतनै शिघ्र न्याय सम्पादनको काम गर्न गराउन समिति गठन गरिएको मेयर बलदेव चौधरीले बताए ।

नगरपालिकाकै कार्यालय परिसरमा छुट्टै ईजलास तयार गरी कार्य अगाडी बढाईएको छ । समितिलाई कानुनी प्रावधान र अभ्यासहरुको बारेमा जानकारी एवं सल्लासुझावका लागी कानुनी सल्लाहकारको रुपमा कानुन व्यवसायी कृपाराम चौधरीलाई समेत नियुक्त गरिएको छ । 

यसअघि सामान्य किसिमका घटनाहरु समेत अदालत सम्म पुग्ने भई सर्वसाधारणले अनवाश्यक झन्झट व्यहोरी रहेकोमा अब न्यायिक समितिले शिघ्र न्याय सम्पादन गरी सर्वसाधारणहरुको समस्यालाई सहज बनाउने नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष श्यामानन्द चौधरीले बताए ।


तश्विरमा: त्रियुगा नगरपालिका स्थित न्यायिक समितिका पदाधिकारीहरु ईजलासमा । तस्विरः अजयकुमार साह(साझा सवाल)

यस बिषयमा तपाइको प्रतिक्रिया...!