एमाले र माओवादी केन्द्रले पार्टीको झण्डा साटे

Posted on: 24 Oct, 2017

कात्तिक ७, खोटाङ | खोटाङमा एमाले र माओवादी केन्द्रले आपसमा झण्डा साटेका छन् । 

मंगलबार सदरमुकाम दिक्तेलस्थित समीक्षालय हलमा आयोजित अन्तरघुलन एबं संयुक्त अगुवा कार्यकर्ता भेलामा एमालेकातर्फबाट बामगठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार बिशाल भट्टराई र क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका माओबादी केन्द्रका नेता रामकुमार राईसबिचमा पार्टीको झण्डा साटासाट गरिएको हो । 

भट्टराई र राईले आफ्नो पार्टीको झण्डा एकले अर्कोलाई सुम्पिरहँदा क्षेत्र नम्बर १ बाट प्रदेशसभा चुनावमा उठेका एमाले नेता राजन राईले भने कम्युनिष्टको झण्डा फहराएका थिए ।

बाम एकताले पार्टी एक भएको सन्देश दिएर दुबै दलका नेता तथा कार्यकर्तालाई चुनावमा जित सुनिश्चितताका लागि उत्साहित बनाउन दुई पार्टीको झण्डा साटिएको एमाले खोटाङका उपसचिव कुमार आचार्यले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!