खोटाङमा नयाँ शक्तीका दुई उम्मेद्वारको मनोनयन फिर्ता

Posted on: 25 Oct, 2017

चिसाङ शेर्पा | कात्तिक ८, खोटाङ | खोटाङमा नयाँ शक्ती नेपालका दुई उम्मेद्वारले मनोनयन फिर्ता लिएको छ । प्रतिनिधिसभा सदस्यमा उठेका कृषिविज्ञ मदन राईलाई जिताउनका लागि अन्य दलसँग छलफल चलिरहँदा प्रदेशसभामा उठेका दुई उम्मेद्वारले मनोनयन फिर्ता गरेका हुन् । 

तालमेल गर्दै संघमा राईको सुनिश्चितताका लागि क्षेत्र नम्बर १ बाट प्रदेशसभामा उठेका मोहन गुरुङ र क्षेत्र नम्बर २ बाट उठेका मनी राईलाई ‘व्याक’ गरिएको नयाँ शक्तीका नेता सुर्यबहादुर राईले बताउनुभयो ।

यस्तै, निर्धारित समयमा नपुग्दा राप्रपा प्रजातान्त्रिकका उम्मेद्वारले मनोनयन फिर्ता गर्न पाएनन् । निर्वाचनमा कांग्रेसलाई सघाउने केन्द्रीय सहमती अनुशार मनोनयन फिर्ताका लागि मूख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार १ बजेपछि पुग्दा राप्रपा प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका धर्मराज पोखरेल मनोनयन फिर्ता गर्नबाट बञ्चित भएका हुन् । पोखरेल झण्डै ४ बजेमात्र पुगेकाले मनोनयन फिर्ता नभएको सहायक निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्ययले बताउनुभयो । समयमा नपुग्दा अर्का एक उम्मेद्वार समेत मनोनयन फिर्ता गर्नबाट बञ्चित बनेको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!