बझाङमा नेपाली काँग्रेस र बाम गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने

Posted on: 30 Oct, 2017

कात्तिक १३, बझाङ | बझाङमा नेपाली काँग्रेस र बाम गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । 

स्थानीय तहमा पनि तीन ठुला दलह?बीच नै प्रतिष्पर्धा देखिएकाले यस पटकको निर्वाचनमा पनि उनिह? विचनै प्रतिष्प्रधा देखीएको हो । बझाङमा बाम गठबन्दनबाट प्रतिनिधि सभाका लागि नेकपा एमालेका तर्फबाट भैरब बहादुर सिंह चुनावी मैदानमा उत्रीएका छन भने प्रदेश सभा क मा एमालेकै अर्जुन थापा र प्रदेश सभा ख मा माओवादीकी देवकी मल्लले उमेदवारी दिनु भएको छ ।

काँग्रैसवाट भने प्रतिनिधि सभामा पृथ्वी बहादुर सिंह र प्रदेश सभामा क मा चन्द्रा जोशी र ख मा नरेशबहादुर सिंह चुनावी मैदानमा उत्रीएका छन । 

स्थानिय र्निबाचनमा बहुमत रहेको एमालेको यो र्निबाचनमा माओवादीसँग गठबन्धन भएपछि, गठबन्धनका उमेदवार बलिया देखिएका छन, तर काँग्रेसले त्यो मानेको छैन । काँग्रेसका नेताह? एमालेभीत्रको विवादले आफुह? जित्ने दाबी गरिरहेका छन ।

जिल्लाको प्रदेश सभाको क नम्वर क्षेत्र सदरमुकाम चैनपुर क्षेत्रमा बाम एकता का तर्फ वाट अर्जुन बहादुर थापा र काँग्रेसका तर्फवाट निबर्तमान साँसद चन्द्रा जोशी चुनावी मैदानमा छन ।

 चन्द्रा जोशी काँग्रेस भित्रको सस्थापन धारकी हुन । तल्लो क्षेत्रमा भने प्रतिनिधि सभाका लागी बाम गठबन्धनवाट माओवादीकी दिवकी सिंह उमेदवारी छन् भने काँग्रेसका नरेश बहादुर सिंह उमेदवार छन् । 

नरेशबहादुर सिहको बुँगल क्षेत्रमा राम्रो पकड भएकाले पनि त्यहाँ उहाँको सम्भावना रहेको तर्क गर्नह? पनि कम छैनन । स्थानिय र्निबाचनमा एमालेको २८ हजार ५ सय ८९ काँग्रेसको २५ हजार ५ सय ८१ र माओवादीको १२ हजार १ सय ३३ मत आएको थियो । - टेकेन्द्र बोहराको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!