यसरी हुँदै छ, पर्वतमा निर्वाचन लडाईँ

Posted on: 02 Nov, 2017

संजय रेग्मी

पर्वत ः आगामी मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली काँग्रेस पर्वतबाट निवर्तमान साँसद,नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी र नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी उम्मेद्वार बनेका छन । प्रतिनिधि सभाको लागि यी दुई नेताबीचको लडाईँलाई जिल्लाबासीले पनि निकै चासोका साथमा हेरेका छन ।

संसदीय राजनीतिमा ईन्ट्री मार्ने दाउमा रहेका बाम गठबन्धनका उम्मेद्वार बनेका गिरी र संसदीय राजनीतिमा ह्याट्रीक गरिसकेका काँग्रेसका जोशीबीचको चुनावी प्रतिस्पर्धाले अहिले जिल्ला तताएको छ । लगातार ह्याट्रीक गर्ने सिमित नेताभित्र पर्ने जोशीलाई उनी जिल्ला वासीका जिम्मेवार र विकासका संभाहकको,अनूभवी नेताको रुपमा लिएका छन् । उनलाई चुनावी रणनीतिका बलिया खेलाडीको रुपमा लिने गरिएको छ जस्का कारण उनी तीन तीन पटक जित्न सफल भएका छन् । वामपन्थिको वहुमत भएको क्षेत्रमा समेत चलाखीपूर्ण तरिकाले विजय हासील गर्दै आएका छन् । भने एमालेका गिरी पृथ्वीनारायण क्याम्पस, पोखराको स्ववियू सभापति हुँदै विद्यार्थी राजनीतिबाट अगाडि आएका हुन । चलाखीपूर्ण र मिजासिलो राजनीतिका कारण गिरीलाई पार्टीले समेत अन्य नेतालाई पन्छाउँदै प्रतिनिधि सभाको लागि उम्मेद्वार बनाएको हो । गिरीलाई पनि जिल्लाबासीले आसलाग्दो नेताका रुपमा हेर्ने गरेका छन ।

यसैगरी, प्रदेश सभाको लागि पर्वत क्षेत्र नं. १ (क) बाट नेपाली काँग्रसको तर्फ बाट पूर्व जिल्ला सभापति नवराज गुरुङ र बाम गठबन्धनबाट माओवादी केन्द्रका नेत्र अधिकारी ‘हिमाल’ चुनावी मैदानमा छन । गुरुङ संबिधान सभा निर्वाचन २०७० मा क्षेत्र नं. २ बाट एमालेका विकास लम्सालसंग पराजित उम्मेद्वार हुन भने, माओवादीका पोलिटब्युरो सदस्य समेत रहेका अधिकारी संबिधान सभा निर्वाचन २०७० मा क्षेत्र नं. १ मा काँग्रेसका अर्जुनप्रसाद जोशीसंग पराजित व्यक्ति हुन । जोशीले लगातार तीन पटक सम्म निर्वाचन जितेको यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा दुई ओटा तह नेपाली काँग्रेस र एउटा तह एमालेले जितेको थियो ।

यस्तै, प्रदेश सभाको निर्वाचनको लागि बाम गठबन्धनको तर्फ बाट पर्वत क्षेत्र नं. २ (ख) बाट नेकपा एमाले पर्वतका पूर्व अध्यक्ष तथा निवर्तमान साँसद विकास लम्साल र नेपाली काँग्रेसको तर्फ बाट पैयूँ गाउँपालिकाका नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि यूवा नेता राजेन्द्र प्रसाद तिवारी  भिड्दै छन । संबिधान सभा निर्वाचन २०६४ मा माओवादी र २०७० मा एमालेले जित हात पारेको यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा तीन स्थानीय तहमा एमाले र एक स्थानीय तहमा काँग्रेस बिजयी भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!