सल्यानमा मनोनयन दर्ता, टेक बहादुरको विरुद्ध उमाकान्त

Posted on: 02 Nov, 2017

कात्तिक १६, सल्यान । दोस्रो चरणमा हुने संघ प्रदेशको निर्वाचनका लागि आज मनोनय दर्ताको दिन सल्यानमा विभिन्न राजनीतिक दल तथा व्यक्तिहरुले मनोनयन दर्ता गरेका छन । 

दलहरुको मनोनयनमा २ वाम शक्ति एमाले र माओवादी अनी नेपाली काग्रेश र राप्रपा शक्ति प्रदर्शनका साथ मनोनय दर्ता गरेका छन । 


जिल्लामा पहिलो पटक नेकपा मालेले मनोनयन दर्ता गरेको छ । त्यस्तै राष्ट्रिय जनमुक्तिीले पनि मनोनयन दर्ता गरेको छ । जिल्लामा काग्रेशले पनि एक शक्ति प्रदर्शनका साथ मनोनयन दर्ता गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि हिन्दु धर्म झल्किने पहिचान प्रदर्शन गर्ने कार्यकर्तालाई पहिराएर मनोनयन दर्ता गरेको छ । 

काग्रेशबाट केन्द्रमा पुर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहको उम्मेद्वारी परेको छ भने प्रदेशमा एकराज डिसी र डिल्ली रेग्मीको उम्मेद्वारी परेको छ । 

जिल्लामा वाम एलाइन्समा केन्द्रमा माओवादी केन्द्रका टेक बहादुर बस्नेतको उम्मेद्वारी परेकोछ भने प्रदेशमा एमालेका गुलावजंग शाह र प्रकाश ज्वालाको उम्मेद्वारी परेको छ । 


बाम एलान्समा पर्ने माओवादी केन्द्रले उमाकान्त शर्माको नेतृत्वमा पनि स्वतन्त्र भन्दै बागि उठेका छन । जसमा प्रदेश तर्फ क्षेत्र नं. १ भिम प्रकाश शर्मा र क्षेत्र नं. २ मा जित बहादुर पुनले उम्मेद्वारी दिएका छन । 

उम्मेद्वारी दिइसकेपछि पत्रकारसंग कुराकानी गर्दै उमाकान्त शर्माले जनताले पठाएकाले उम्मेद्वारी दिन आएको भन्दै जनताको आकांक्षा अनुसार आएकाले जुनसुकै राजनीतिक दल आएपनि आफुहरुले जित्ने सुनिश्चित भएको बताएका छन । 

राप्रपाले केन्द्रमा गणेश भण्डारी र प्रदेश तर्फ बालाराम शर्मा र राजेन्द्र विर राइको उम्मेद्वारी परेको छ । नेकपा मालेमा केन्द्रमा बल बहादुर गिरी प्रदेशमा टेप बहादुर रोका र हिमलाल बुढाथोकीको उम्मेद्वारी परेको छ ।  

राष्ट्रिय जनमुक्ति पार्टीमा केन्द्रमा खड्क बहादुर पुन तथा प्रदेशमा २ तर्फ डण्डविर पुनको उम्मेद्वारी परेको छ । 

- अस्मीता गिरी | रेडियो तहल्का, सल्यानको सहयोगमा 



यस बिषयमा तपाइको प्रतिक्रिया...!