खोटाङमा मतपत्र जलाइयो

Posted on: 02 Nov, 2017

 चिसाङ शेर्पा | कात्तिक १६, खोटाङ | खोटाङमा स्थानीय तहको निर्वाचनमा उपयोग भएका मतपत्र जलाइएको छ ।

गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनकाक्रममा उपयोग गरिएका १ लाख २५ हजार मतपत्र, मुचुल्का लगायतका सामग्री नष्ट गरिएको हो । दिक्तेलस्थित पुर्वाञ्चल सिँचाई सव–डिभिजन कार्यालयको स्टोरमा राखिएको मतपत्र बिहिबार नष्ट गरिएको हो । 

मत परिणाम सार्वजनिक भएको तीन महिनासम्म उजुरी नपरे नष्ट गर्न सकिने मतपत्र लगायतका सामग्री आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको तयारीका लागि जलाइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । ६४ प्रकारका निर्वाचन सामग्री मध्ये काम नलाग्ने २०÷३० प्रकारका सामग्री नष्ट गरिएको छ ।

मत परिणाम सार्वजनिक भएको तीन महिनासम्म कसैको उजुरी नपरे मतपत्र जलाउन सकिन्छ,’ खत्रीले भने, ‘आसन्न निर्वाचनका लागि प्रयोग हुने सामग्री राख्ने ठाउँ खाली गर्नका लागि पनि प्रयोग भइसकेका सामग्री जलाइएको हो ।’ 


यस बिषयमा तपाइको प्रतिक्रिया...!