पाल्पामा उत्साहका साथ मनोनयन दर्ता, क-कसले दिए उम्मेदवारी ?

Posted on: 02 Nov, 2017

कात्तिक १६, पाल्पा (रासस) | आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पाल्पामा उत्साहजनक रुपमा मनोनयन दर्ता गराएका छन् । 

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काँग्रेसबाट क्षेत्र नं १ मा विजयराज घिमिरे र क्षेत्र नं. २ मा पूर्वसांसद हरिप्रसाद नेपाल तथा वाम गठबन्धनबाट क्षेत्र नं १ मा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य दलबहादुर राना र क्षेत्र नं. २ मा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले मनोनयन दर्ता गराउनुभएको छ । 

त्यस्तै प्रदेश सभा सदस्यका लागि काँग्रेसबाट क्षेत्र नं १ को (क) मा देवराज ढकाल र (ख) मा दानबहादुर पछाई तथा क्षेत्र नं २ को (क) मा माधवप्रसाद नेपाल र (ख) मा रामबहादुर कार्कीको मनोनयन दर्ता गराउनु भएको छ । 

बाम गठबन्धनबाट क्षेत्र नं १ को (क) मा एमालेका युवराज खनाल र (ख) मा एमालेकै नारायण आचार्य तथा क्षेत्र नं २ को (क) मा एमालेका डा पुरन बजचार्य र (ख) मा माओवादी केन्द्रका जिल्ला इन्चार्ज वसन्त घर्ती मगरको मनोनयन परेको मुख्य निर्वाचन अधिकृत शंकर बरालले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!