ओखलढुंगामा कांग्रेसका उपाध्यक्ष सहित १०० जना एमालेमा प्रवेश

Posted on: 03 Nov, 2017


१७ कात्तिक,ओखलढुंगा । ओखलढुंगामा कांग्रेसका पूर्व गाविस उपाध्यक्ष एमालेमा प्रवेश गरेका छन् । साविकको सल्लेरी गाविसका नेपाली कांग्रेसका पूर्व गाविस उपाध्यक्ष नरबहादुर गुरुङ एमालेमा प्रवेश गरेका हुन् । रुम्जाटारमा आयोजित बाम गटबन्धनको विशाल जनसभामा एमाले केन्द्रिय सदस्य तथा संघ तर्फका उमेद्वार यज्ञराज सुनुवारले कांग्रेसका प्रभावशाली नेता गुरुङलाई एमालेमा प्रवेश गराएका हुन् ।


एमाले केन्द्रिय सदस्य नेता यज्ञराज सुनुवार,जिल्ला अध्यक्ष मोहन श्रेष्ठ,प्रदेश क का उमेद्वार अम्बिरबाबु गुरुङले संयुक्त रुपमा सिन्दुर,खादा र माला लगाएर कांग्रेस नेता गुरुङ सहित संघिय समाजबादी फोरमका नेता गजेन्द्र राई सहित १०० भन्दा बढि कांग्रेस र अन्य साना दलका नेता,कार्यकर्तालाई एमालेमा प्रवेश गराएका हुन् । 

कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका नेता गुरुङले कांग्रेसले कार्यकर्ताको भावना नबुझ्ने भएकाले आफुले विकल्प रोजेको बताए । ‘विपीको असल  विचारबाट प्रभावित भएर कांग्रेसको कार्यकर्ता भएको थिएँ, रामहरि खतिवडा जस्तो महिनै पिच्छे विभिन्न आरोप खेप्ने नेताको कार्यकर्ता पो भईयो अनि कांग्रेसमा बस्नुको अर्थ भएन’ उनले बामगठबन्धनको सभालाई सम्बोधन गर्दै भने ‘अब बाम उमेद्वारहरुलाई जिताउन भूमिका खेल्छु ।’ एमालेको पटक क्षेत्र रहेको रुम्जाटारका स्थानीय अम्बिरबाबु गुरुङले प्रदेश क को प्रत्यक्ष तर्फको टिकट पाएपछि त्यस आसपासका स्थानीय केही एमालेमा प्रवेश गरेर र केही अन्य पार्टीमै रहेकाले पनि गठबन्धनलाई सघाईरहेको बुझिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!