उम्मेदवारको विरोधमा उजुरी परेन ! यस्तो छ निर्वाचन तालिका ( उम्मेदवारको लिस्ट सहित)

Posted on: 03 Nov, 2017

सास । असोज १७, बर्दिया ।

पहिलो हुने निर्वाचन हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि बर्दिया जिल्लामा परेका उम्मेदवारीमा आज कसैको पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ । 


मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार असोज १६ गते मनोनयनपत्र दर्ता तथा सूची प्रकाशन गर्ने, १७ गते उम्मेदवारको विरोधमा उजूरी दिने, १८ गते उजूरी उपर जाँचबुझ गरी निर्णय गरी मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, १९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा बर्दियाबाट मन्त्री भएका तीनै जना मन्त्रीहरु तथा पूर्व गृहमन्त्री वामदेव गौतमको समेत उम्मेदवारी परेको छ । 

विशेष गरी क्षेत्र नं. १ मा सिंचाई मन्त्री सञ्जय गौतम र वामदेव गौतमको चुनावी प्रतिस्पर्धालाई निकै रोचक तरीकाबाट हेरीएको छ भने बाम गठवन्धनपछि यसको परिणामबारे विभिन्न आंकलनहरु भैरहेका छन् ।

थप लिस्टहरु :




यस बिषयमा तपाइको प्रतिक्रिया...!