आचारसंहिता विपरीत भोट फकाउँदै मेयर

Posted on: 04 Nov, 2017

चिसाङ शेर्पा/कात्तिक १८, खोटाङ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले आचारसंहिता विपरित गरिवका लागि छाना वितरण कार्यक्रम संचालन गरेका छन् । 

रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ८ दोर्पामा नेकपा एमालेको चुनावी कार्यक्रमलाई संवोधन गर्दै  रिजालले गरिवका लागि छाना वितरण गरेका हुन् ।

नगरपालिकाभीत्रका सवै वडामा अति विपन्न घर परिवारलाई छाना वितरण गर्ने कार्यक्रम रहेको भएपनि रिजालले चुनावका मुखमा छाना वितरण गरेर मतदातालाई प्रलोभ नमा पार्दै एमाललेलाई भोट लगाउनसमेत आग्रह गरेको खुलासा भएको हो । 

एमालेको चुनावी सभालाई संवोधन गर्दै रिजालले अवको विकास एमालेमार्फत हुने भएको र नगरपालिकामा एमालेको सरकार रहेकोले विकास निर्माण देखि जनताको दुखमा एमाले रहेको र  निरधकताका साथ भोट हाल्नसमेत आग्रह गरेको एक स्रोतले जनाएको छ ।  

नगरपालिकाले गरिवका लागि छाना वितरण कार्यक्रमको बहाना बनाएर स्थानीयलाई भोट माग्ने आधार बनाएको स्रोतको दावि छ । नगरपालिकाले स्थानीय गैर सरकारी संस्था लालिगुराँस टोल विकास संस्थालाई कार्यक्रमको आयोजन गर्न लगाएर गरिवलाई प्रमाण पत्र वितरण गर्दै विशाल भोजको समेत आयोजना गरिएको जनाईएको छ ।

यद्यपि, आचांसंहिता अनुसार हेर्ने हो भने कुनैपनि कार्यक्रममा सहभागी भएका एक व्यक्तिले नाम नखुलाउँने शर्तमा भने, ‘कार्यक्रम एमालेको हो की नगरपालिकाको हो की, लालिगुराँस टोल विकास संस्थाको हो छुट्याउँनै गाह्रो भयो ।’ उनले भने, ‘कार्यक्रमको माहोल बनाउँन र एमालेलेको शक्ति प्रदर्शन गर्नको लागि वहाना बनाएर स्थानीयलाई झिकाईएको रहेछ ।’

चुनावी समयमा कुनैपनि वजेट विनियोजन तथा कुनैपनि समान वितरण गर्न नपाईने आचासंहिता रहेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको भनाई छ । उनका अनुसार, ‘चुनावको समयमा पाइप, जस्तापाता, सिमेन्ट वितरण गर्ने गतिविधि कुनै पनि संघसस्थाले गरे वा कुनै पनि संस्था वा कार्याललयले जनतालाई प्रलोभन पार्ने खालका कार्यक्रम आयोजना गरे तत्काल कारवाही हुन्छ ।’  उनले भने, ‘ आचारसंहिताभन्दा माथी मेयर हुदैंनन्, सवैले आचारसंहिता पालाना गर्नुपर्छ, यदि नगरपालिकाले यो काम गरेको भए तत्काल सच्चिनलाई आग्रह गर्छु ।’

मेयर रिजालले नगरपालिकाका सवै वडाका अति विपन्न परिवारलाई नगरपालिकाको कार्यालयबाट छाना वितरण गर्ने कार्यक्रम रहेको र घरधुरी सर्वेक्षण गरि दोर्पाबाट जस्तापाता दिने गरि कार्यक्रम सुरु गरिएको जनाए । उनले भने, ‘विपन्न घर परिवारको सर्वेक्षण गरेर १५ घरलाई जस्तापाता उपलव्ध गराउँने गरि प्रमाणपत्र वितरण गरिएको छ ।’ 

त्यसोत, मेयर रिजालले आफ्नो फेसवुकमा फोटोसहित स्टाटसमार्फतनै लेखेका छन्, ‘नगरसभाले पारित गरेको गरिवको लागि छाना वितरण कार्यक्रम प्रारम्भ गरियो । नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मानसहित आयोजित कार्यक्रम निक्कै व्यवस्थित थियो  भनेर पोष्ट गरेका छन् ।’

कुनैपनि सरकारी तथा गैरसकारी संघसस्थाले चुनावी कार्यक्रम आयोजना गर्न पाउँदैन तर एमालेले संस्थालाई कार्यक्रमको आयोना गरेर आचासंहिता उल्लघन गर्दै आएको छ । चुनावी सभामा एमालेका प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेद्वार विशाल भट्टराई, गठबन्धनबाट माओवादीका प्रदेश ‘ख’ का प्रत्यक्ष उम्मेद्वार रामकुमार राई, नगरपालिका मेयर दीपनारायण रिजाल, उपमेयर बिणादेवि राईलगायतका नेताहरुको उपस्थिति रहेको थियो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!