अाेखलढुंगामा संघीय समाजवादी फाेरमकाे चुनावी अभियान तिब्र

Posted on: 04 Nov, 2017


१८ कात्तिक,ओखलढुंगा । संघीय समाजवादी फाेरम अाेखलढुंगाले चुनावी अभियान तिब्र पारेकाे छ । प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्येक्ष र समानुपातिक उम्मेदवारहरूकाे उपस्थितिमा प्रचारप्रसार अभियान अघि बढेकाे हाे ।

क्षेत्र नं . २ काे थाक्ले र १ काे नारायणस्थानमा काेणसभाकाे अायाेजना गरी चुनावी अभियान शुरू गरेकाे हाे । 


प्रतिनिधिसभा तर्फका उम्मेदवार जुद्द ढाक्रे, समानुपातिक तर्फका उम्मेदवार  लाप्साङ शेर्पा र प्रदेश तर्फका उम्मेदवार नेत्रबहादुर नेम्वाङ र दिनेश कुमार राईले समतामूलक समाज निर्माणका लागि अाफूहरूलाई मसाल चिन्हमा मतदान गर्न अाह्वान गरे । अभियानमा जिल्ला अध्यक्ष धीरेन्द्र रूम्दाली, उपाध्यक्ष पदम गुरूङ, सचिव प्रकाश तामाङ लगायत सहभागि छन् ।

तस्बिर साैजन्य : दिपेन्द्र रुम्दाली 

यस बिषयमा तपाइको प्रतिक्रिया...!