को-को परे त गुल्मीबाट समानुपातिकमा ?

Posted on: 04 Nov, 2017

कात्तिक १८, गुल्मी । गुल्मीमा एउटै पार्टी माओवादी केन्द्रबाट १६ जनाको समानुपातिकमा नामावली सिफारिस गरेर पठाईएको थियो ।  

ठुलो दल एमाले र कांग्रेसबाट पनि त्यो भन्दा बढि संख्यामा सिफारिस भए पनि बन्द सुचिमा एक दमै कम नेता नेतृहरु परेका छन् । नेकपा एमालेबाट प्रतिनिधी सभाका लागि मैना भण्डारी र रामकुमारी झाँक्री परेका छन् । 

त्यस्तै सोही पार्टीबाट प्रदेश सभामा वालसिंह काउछा र गणेश बिश्वकर्मा परेको सो पार्टीको सचिवालय जनाएको छ । नेपाली कांग्रेसबाट कांग्रेसबाट केन्द्रमा सुवर्ण ज्वारचन परेको र प्रदेशमा झविन्द्र बिश्वकर्मा परेको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।

नेकपा माओवादी केन्द्रबाट केन्द्रमा संयोजक विरबहादुर कार्की र प्रदेशमा गीता थापाको नाम परेको एक नम्वर प्रदेशका उमेदवार तथा माओवादी केन्द्रका नेता सुदर्शन वरालले बताए । त्यस्तै गुल्मी माओवादी केन्द्रकी केन्द्रिय सदस्य रिज्जु श्रेष्ठले रुपन्देहीबाट परेको जनाईएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!