को-को परे गोरखाबाट समानुपातिकमा ? (नामावलीसहित)

Posted on: 04 Nov, 2017

कत्तिक १८, गोरखा । निर्वाचन आयोगले आसन्न निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । 

निर्वाचन आयोगले शुक्रबार साँझ समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको हो । प्रमुख दलहरुले आयोगमा बुझाएको बन्दसूचीमा नायिकादेखि नेताका नातागोता र केही विवादमा तानिएका व्यक्तिसमेत परेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलहरूमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ दले उम्मदेवारी दिएका छन् । त्यसैगरी प्रदेशसभा सदस्य समेतका लागि बन्दसूची बुझाउने दलको संख्या ५३ रहेको छ ।

प्रतिनिधिसभातर्फ ११० जना सांसदहरु समानुपातिक आधारमा छानिने छन् भने प्रदेशसभातर्फ २२० समानुपातिक सांसद हुनेछन् । प्रमुख दलहरुले सबै सिटका लागि नामावली बुझाएका छन् भने साना पार्टीले थोरै सिटमा नामावली बुझाएका छन् ।

 निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको सूची  अनुसार प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसबाट जिबन प्रेम श्रेष्ठकाे नाम बन्द सुची रहेकाे छ । कांग्रेसकै प्रदेश सभाकाे बन्द सुचीमा भने मनकुमारी गुरूङ र जिल्ला सभापति हरी बहादुर घलेकाे नाम रहेकाे छ ।

 माओवादी केन्द्रबाट समानुपातिकको सूचीमा हितराज पाण्डे, सुशिला सिम्खडा र चुडामणी खड्का रहेका छन् । भगवति तिवारी भट्ट र निमा लामालार्इ प्रदेश सभाका लागि सुचीमा नाम समाबेश भएकाे छ ।

नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि दिनेशचन्द्र देवकोटाको नाम बन्द सुचीमा रहेकाे छ । प्रदेश सभाका लागि मायानाथ अधिकारी र कृष्ण बहादुर नेपाली रहेका छन् । राप्रपकाका माेहन कुमार श्रेष्ठकाे नाम प्रदेश सभाको सुचिमा छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!