बामगठबन्धनको संयुक्त निर्वाचन क्षेत्रिय भेला सम्पन्न

Posted on: 05 Nov, 2017

नेकपा एमाले र नेकपा माओवादी केन्द्र पर्वतले प्रदेश सभा निर्वाचन क्षेत्र क  निर्वाचन क्षेत्रको अभियानललाइ लक्षित गरेर संयुक्त क्षेत्रिय भेला सम्पन्न गरेको छ । संयुक्त भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम प्रदेश सभा क का उम्मेदवार नेत्रनाथ अधिकारीले लामो समयदेखिको पर्वते जनताको निराशालाई बामगठबन्धनका उम्मेदवारहरुले बदल्ने योजनाका साथ आएको बताउंदै २० वर्षभन्दा बढि समयदेखि पर्वत जिल्ला अविकासको चपेटामा परेको तथा  राष्ट्रिय महत्व पाउन नसकेको तितो यथार्थलाई अव बामगठबन्धनले परिवर्तन गर्ने र पर्वतको विकासको ढोका अव खोल्ने धारणा राख्नु भयो ।

 कार्यक्रममा बोल्दै नेकपा एमाले अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेलले कम्यूनिष्टहरु विभाजित भएका कारण संधै जनविरोधी र दक्षिणपन्थीहरुले राज गरेको तथा कुशासन र भ्रष्टाचारको आहालमा मुलुकलाई डुबाएको भन्दै ढिलै भएपनि बामपन्थीहरु एक ठाउँमा आएका कारण अव मुलुकको समृद्धि अभियानलाई कसैले रोक्न नसक्ने दावी गर्नुभयो  । नेकपा एमाले पर्वतका उप सचिव एवम क्षेत्र नं. १ का संयोजक गोविन्द पहाडीको अध्यक्षता र नेकपमा एमाले कुश्मा नगर संगठन कमिटिका सह संयोजक विष्णु नेवारको सञ्चालनमा भएको कार्यक्रममा नेकपा एमाले पर्वतका उपाध्यक्ष भक्त कुंवर, नेकपा माओवादी केन्द्रका गुप्त हमाल लगायतले बोल्नु भएको थियो । 

संयुक्त भेला पछि जलजला, कुश्मा र मोदी गाउं तथा नगर संगठन कमिटिका संयुक्त बैठकहरु बसी वार्ड तहसम्म नेकपा एमाले र नेकपा माओवादी केन्दका संयुक्त बैठकहरु आयोजना गरि साझा रुपमा निर्वाचन कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय भएको जानकारी नेकपा एमालेका उपसचिव गोविन्द पहाडीले दिनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!