सल्यानमा मन्त्रीहरुको घरमा कालोझण्डा

Posted on: 05 Nov, 2017

खकेन्द्र केसी | कार्तिक १९, सल्यान । नेपाल कम्युनिस्ट पार्टी सल्यानले सल्यानका पुर्व मन्त्रीहरुको घरमा कालोझण्डा गाडेको छ ।

विना विभागीय सामान्य प्रशासन मन्त्री तथा सल्यानबाट बाम गठबन्धनका प्रतिनिधी सभाका उमेदार टेकबहादुर बस्नेत, पुर्व राज्य शिक्षा मन्त्री तथा नेपाली काँग्रेसबाट प्रतिनिधी सभाका उमेदार राजेन्द्र बहादुर शाहा र राप्रापाबाट प्रतिनिधी सभाका उमेदार गणेश भण्डारीको घरमा दलाल संसदिय व्यवस्थाका प्रतिनिधिहरु मूर्दावाद लेखेको कालोझण्डा गाडिएको नेकपा सल्यानले जनाएको छ । 


चुनाव खारेजी अभियान अन्तरर्गत सनिबार एकैदिन तिन नेताको घर बस्नेतको बागचौरको व्युरेखोला, शाहाको खालंगार भण्डारीको लुहाममा कालो झण्डा गाडिएको नेपाल कम्युनिष्ट पार्टी सल्यानका इन्चार्ज डिल्लीराज शर्मा विश्वले बताएका छन् । 

प्रशासन लगाएर आफ्ना नेता(कार्यकर्तामाथि दमन गर्न लगाएको, पार्टीविरुद्ध जनतामा झुटो प्रचार गरेको, जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको कारण चेतावनी स्वरुप कालोझण्डा गाडेको इन्चार्ज  विश्वल अनलाइन तहल्कालाई बताएका छन । 


उता जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक भरत विकले कालो झण्डा गाडेको खबर आफुहरुलाई आएका तर त्यहाँ जादाँ प्रहरी फेला पार्न नसकेको बताएक छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!