अर्जुन जोशीको जोशले बामपन्थीमा हलचल, राजा र माओवादीले झुक्याउन नसकेको ठाउँमा फिस्टेले हल्लाउने !?

Posted on: 05 Nov, 2017


पर्वत । नेपाली काँग्रेस पर्वतका प्रतिनिधिसभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले पर्वत नेपाली काँग्रेसको लाल किल्ला भएको दाबी गरेका छन् । उनले प्रजातन्त्रदेखि लोकतन्त्रसम्म आइपुग्दा आफूलाई राजादेखि माओवादीले हराउन नसकेको दाबी गर्दै उनले बामपन्थीको नाउमा फिस्टेले हराउँछु भन्नु कमजोर मानसिकता भएको उल्लेख गरे । 

विभिन्न मिडिया र सामाजिक संजाललमा जोशी हार्ने भन्दै समाचार आइरहेको बेलामा यस्तो कडा अभिव्यक्ति दिएका हुन् ।

यो मेरो जिल्ला हो । यहाँका हरेक जनता नेपाली काँग्रेसँग नजिक छन् । काँग्रेसले गरेको विकास यहाँका जनतालाई थाहा छ त्यसैले मलाई तीन तीन पटक विजयी गराएका छन् । तर यहाँ केहि फिस्टेहरुले गठबन्धनको बनाएर विजयी हुने दिवा सपना देखेका छन् उनले भने ।

प्रजातन्त्रलाई बचाउनको लागि फेरी पनि नेपाली काँग्रेसलाई जिल्लाबासीले जिताउनेमा आफू विश्वस्त रहेको उनले दाबी गरे । उनले भने, न त राजाले झुक्याउन सक्यो न त माओवादीले मेरो ठाउँमा आएर कोहि हल्ला नगरे हुन्छ । यो नेपाली काँग्रेसको लाल किल्ला नै हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!