कांग्रेसद्धारा दिक्तेलमा चुनावी प्रचारप्रसार सुरु

Posted on: 05 Nov, 2017

चिसाङ शेर्पा/कात्तिक १९, खोटाङ । नेपाली कांग्रेस खोटाङले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि दिक्तेलमा प्रचारप्रसार शुरु गरेको छ । 

आइतवार भवनगैरावाट खटेका कांग्रेसका नेता, कार्यकर्ताहरुले सदरमुकामभित्र रहेका घर–घरमा चुनावी पर्चा र झण्डा राखेर प्रचारप्रसार गरेको हो । प्रतिनिधिसभाका उम्मेद्वार नेतृ सरस्वती वजिमय, प्रदेशसभा (क) का उम्मेद्वार सुवास कुमार पोखरेल र प्रदेशसभा (ख) का उम्मेद्वार विष्णुकुमार राई गाउ–गाउमा चुनावी घरदैलो अभियान चलाईरहंदा जिल्लामा कांग्रेसका अन्य कार्यकर्ताहरुले भवनगैरादेखी हाँटडाडाँसम्म प्रचारप्रसार गरेकोे हो ।


नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द जोशीका अनुसार सोमवार त्रिवेणीचोक–रत्नपार्कसम्म प्रचारप्रसार गर्ने जनाइएको छ । शनिवार वाम गठबन्धनले दिक्तेलमा प्रचारप्रसार गरेको थियो ।  

उता, केपिलासगढी गाउँपालिका वाक्सिला ४ स्थित पृथ्वी उच्च माविमा कांग्रेस निकट नेपाल विधार्थी संघको समिति गठन भएको छ । सुजन अधिकारी खत्रीको अध्यक्षतामा २३ सदस्य समिति गठन भएको हो । उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिव सोनिया तामाङ, सह,सचिव चन्दा राई र कोषाध्यक्षमा समिता राई रहनुभएको छ । 

विधार्थी नेता राजन भट्टराईको प्रमुख आतिथ्यमा गठित समितिले चुनाव प्रचारप्रसारमा सघाउने नेता भट्टराईले बताए । उनले भने,“बाम गठबन्धन चिर्नका लागि समिति गठन गरिएको हो ।” 


यस बिषयमा तपाइको प्रतिक्रिया...!