निर्वाचनको प्रचार गर्न दुईओटा हेलिकप्टर चार्टर गरेर सामागाउँ पुगे कांग्रेस नेता

Posted on: 06 Nov, 2017

लिलाधर कोइराला/कात्तिक २०, गोरखा ।  निर्वाचन प्रसार प्रचारका लागि नेपाली कांग्रेसका नेता राजेनद्र बजँगाइ  हेलिकप्टर चार्टर गरी उतरी गोरखाको सामागाउँमा पुगेका छन् ।  

गोरखा र्निवाचन क्षेत्र न १ (ख) का उम्मेदवार समेत रहेका बजँगाइ २ वटा हेलिकप्टर चार्टर गरी उतरी गोरखाको सामागाउँमा पुगेका हुन् । उनी आज विहान करिब ९ बजे समागाउँ पुगेका थिए । 


निवार्चन प्रचार प्रसारका लागी उनी सहित समानुपातिक सुचिमा नाम रहेका नेपाली कांग्रेसका गोरखाका पाटी जिल्ला सभापति हरी बाहदुर घले, चुम्नुव्री गाउँपालिकाका गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङ र जिल्ला समन्वय समितिका सदस्य छ्याव घ्याल्जेन लामा सहित  ७ जनाको टोलिसहित उनी २ वटा अल्टाच्युट हेलीकप्टरमा समागाउँ पुगेका हुन् ।

गोरखाका करिब ४४ प्रतिशत भु-भाग रहेको उत्तरी गोरखामा पैदल जान असम्भव हुन्छ । त्यसैले हेलिकप्टर प्रयोग गरेको हुनुपर्छ, निवार्चन कार्यलयका एक कर्मचारीले भने । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका, आरूघाट गाउँपालिका र भिमसेन गाउँपालिका निर्वाचन क्षेत्र न १ को (ख) मा पर्छ ।

नेपाली कांग्रेस निकटका एक नेताका अनुसार उनले निर्वाचन आयोगसँग अनुमति मागेर समागाउँ पुगेका हुन् । उनीहरूलार्इ त्यहाँ छोडेपछि हेलिकप्टर फर्किएको छ  ।  तर जिल्ला निर्वाचन कार्यलय गोरखाका निर्वाचन अधिकृत नारायण सापकोटाका अनुसार जिल्ला निर्वाचन कार्यलय गोरखासँग भने अहिलेसम्म अनुमाति मागिएको छैन ।

मुख्य निर्वाचन अधिकृतको कार्यलय गोरखासँग अहिलेसम्म अनुमति मागिएको कुनै जानकारी आएको छैन, यो निर्वाचन कार्यलयबाट मात्र अनुमति लिन सकिन्छ, जिल्लाबाट अनुमति दिन सकिन्, उनले भने । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!