दुई दिनमा सक्यो खोटाङ कांग्रेसले चुनावी प्रचार

Posted on: 06 Nov, 2017

चिसाङ शेर्पा/कात्तिक २०, खोटाङ । नेपाली कांग्रेस खोटाङले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि दुई दिन लगाएर दिक्तेलमा प्रचारप्रसार कार्यक्रम सकेको छ । 

आईतवार थालेको प्रचार अभियान सोमवार सदरमुकाम दिक्तेलको त्रिवेणीचोक हुदैं रत्नपार्कसम्म घर, होटल तथा पसलहरुमा चुनावी पर्चा र झण्डा राखेर प्रचारप्रसार सकेको हो ।


‘कांग्रेसले आइतवार भवनगैरावाट हाटडाडाँसम्म प्रचारप्रसारका सामग्री राखेका थिए । त्यसलाई आज पुरा गरेका हौ ।’ नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द जोशीले भने,  “चाँडै अन्य व्यापरिक केन्द्रहरुमा चुनावी प्रचारका सामग्रीहरु राख्नेछौ । प्रचारसंगै चुनावका लागि एक ढिक्का भएर खट्ने छौ ।”

प्रतिनिधिसभाका उम्मेद्वार नेतृ सरस्वती वजिमय, प्रदेशसभा (क) का उम्मेद्वार सुवास कुमार पोखरेल र प्रदेशसभा (ख) का उम्मेद्वार विष्णुकुमार राई गाउ–गाउमा चुनावी घरदैलो अभियान चलाईरहंदा जिल्लामा कांग्रेसका अन्य कार्यकर्ताहरुले भवनगैरा हाँटडाडाँ र त्रिवेणीचोक–रत्नपार्कसम्मको प्रचारप्रसार सम्पन्न गरेको हो । जिल्लामा नोपली कांग्रेस र बाम गठबन्धविच कडा प्रर्तिस्पर्धा हुने अनुमान छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!