पदम गिरीले गरे अर्जुन जोशीमाथि प्रहार– १८ बर्ष सांसद हुदाँ माखो नमार्नेलाई भोट माग्ने नैतिक आधारनै छ

Posted on: 08 Nov, 2017


पर्वत । बामगठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी नेपाली काँग्रेमाथि खरो उत्रिएका छन् । उनले नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका अर्जुन जोशीसँग भोट माग्ने कुनै पनि नैतिक आधार नभएको टिप्पणी समेत गरेका छन् ।

जिल्लाबाट तीनतीन पटक जनताले चुनेर पठाउँदा समेत उनले जिल्लामा माखो मार्न नसकेको दाबी गरे । १८ बर्ष सम्म जनप्रतिनिधी हुँदा एक मिटर बाटो समेत पक्की गर्न नसक्ने र अरुले गरेका कामहरुलाई मैले गरेको भन्दै जनतामाथि भ्रम छर्ने नेतालाई अब जिल्लामा भोट माग्ने कुनै पनि आधार नभएको उनले दाबी गरे ।

जनताको पक्षमा बोल्लान भन्दा संसदमा पूर्व सांसदलाई पेन्सनको व्यवस्था गर्नुपर्छ भन्ने नेतालाई अब कसरी जनताले भोट दिने ? उनले भने ।

नेता गिरीले नेपाली काँग्रेसमा विपिको सिद्धान्त देखेर लागेका युवाहरु समेत यतिबेला पीडामा रहेको भन्दै अब सवै जिल्लाबासीको मुहारमा खुसि ल्याउन बामगठबन्धन तयार भएको बताए । १८ बर्षसम्म जिल्लामा आफ्नो बर्चश्व जमाएर जनतालाई खुनका आशु रुहाएको नेपाली काँग्रेसलाई पाँच बर्षका लागि पत्ता साफ गर्नसके जिल्लाको विकास र आर्थिक समृद्धि हुने उनले बताए ।

युवाहरुलाइ स्थानीय तहमानै परिचालन गरी रोजगारको व्यवस्था मिलाउन आफू प्रतिबद्ध भएकै कारण युवाहरुको अधिकारलाई बुलन्द बनाउन आफूले उम्मेदवारी दिएको बताए ।

‘अब जनतालाई जालझेल गरेर गुमराहमा राख्ने दिन सकिए’ ‘कसैले पैसाका आधारमा चुनाब जित्छु भन्ने सपना देखेको छ भने त्यो अब चकनाचुर हुनेछ’ उनले भने ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!