उम्मेदवार नायक नवल खड्काले चुनावीसभा भन्दै फिल्म देखाए, आचारसंहिताले रोक्यो !

Posted on: 08 Nov, 2017

चिसाङ शेर्पा | कात्तिक २२, खोटाङ | निर्वाचन आचारसंहिता विपरित चुनावीसभा गर्दा नायक तथा नेकपा माओवादी केन्द्रका १ नम्बर प्रदेशसभाका समानुपातिक उम्मेद्वार नवल खड्काको कार्यक्रम प्रशासनले विचमै वन्द गराएको छ । बाम गठबन्धनसहित नियम विपरीत सभा गर्दा खड्काको कार्यक्रम वन्द गराईएको हो ।

जिल्ला प्रशासन कार्यालयमा विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम गर्ने भनि कवुल गरेका नायक खड्काले सदरमुकामस्थित त्रिवेणीचोकस्थि होटल आचार्य एण्ड लज अगाडी सडक जाम गराएर ‘भिमदत्त’ नामक चलचित्र देखाएका थिए । 


हामीसमक्ष सांगितिक कार्यक्रम मात्रै गर्छौं भनेकाले राष्ट्रिय तथा जिल्लाकै कलाकार भएका नाताले कार्यक्रम गर्न दिएका हौ । तर, उहाँहरुले आफुले वोलेको आफैले पालना नगर्दा बाध्य भएर कार्यक्रम वन्द गराईएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । समानुपातिक उम्मेद्वार तथा नायक खड्काले प्रशासनमा सिनेमा देखाउँने कुरा नै नगरेको प्रमुख जिल्ला अधिकारीको भनाई छ । 

जिल्ला निर्वाचन अधिकृत दिनेश खत्रीका अनुसार कुनै पनि दल तथा उम्मेद्वारले विहान ८ वजेदेखी वेलुका ७ वजेसम्म जुलुस, आमसभा,  र्याली, भाषण, सांगितक कार्यक्रम गर्न पाईन्छ । उहाँहरु निर्वाचन आचार संहिताभन्दा वाहिर गएर कार्यक्रम गरेको हो यस्तो गर्न संहिताले दिन्न' खत्रीले भने, निर्वाचन आचार संहिता विपरीत कार्यक्रम गर्न कसैलाई अधिकार नभएको उहाँको भनाई छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!