मैले बनाएको बाटामो गाडी चढेर भोट माग्न जानेको यति ठूलो फुर्ति-भिडियो सहित

Posted on: 09 Nov, 2017

पर्वत । नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशीले बामगठबन्धनको मुखमा ताला लगाइ दिएका छन् । उनले आफूलेनै बनाएको सडकमा गाडिमा चढेर भोट माग्न जानेहरुले आफूसँग टक्कर लिन खोज्नु नसुहाउँदो भएको टिप्पणी समेत गरेका छन् ।

२०५६ सालदेखि सांसद हुदाँ अर्जुन जोशीले जिल्लाको विकासको लागि कुनै काम गरेन भनेर प्रचार गरेर हिड्नेहरु मैलेनै बनाएको सडकमा धुलो उडाउदै गाडिमा जनताको दैलोमा भोट माग्न पुगेका छन्, उनले भने ।

आज निर्वाचनमा उठेका बामपन्थीका उम्मेदवारहरुका आमा बुवा त्यतिबेला हिडेर सदरमुकाम झर्थे, डोकोमा पानी बोक्न घण्टौ लाइनमा बस्थे, टुकीको भरमा घरलाई उज्यालो बनाउँथे तर आज हरेकको घर अगाडी सडक पुगेको छ, पानीको पाइप पुगेको छ । स्वीच थिच्दा विजुली बलेको छ यो मैलेनै गर्दा सम्भव भएको हो उनले भने ।

सडकलाई कालोपत्रे गर्न आफूले नसकेको स्वीकार गर्दै जोशीले त्यहि सडकलाई कालोपत्रे बनाएर जिल्लाको विकासमा जुट्नको लागि चौथो पटक उम्मेदवारी दिएको दाबी समेत गरेका छन् ।

उनले जिल्लामा लोकतान्त्रिक गठबन्धनको पक्षमा जनलहर रहेको भन्दै आफ्नो जीत सुनुश्चित रहेको समेत दाबी गरे । रेडियो कुशुमका स्टेशन म्यानेजर कृष्ण अखेलीले कुशम सम्बादमा लिएको अन्तरबार्तामा उनले यस्तो बताएका हुन् । उनले आफ्नो जित हुने र बधाइ लिन आउने समेत बताएका छन् । हेरौ अखेलीसँग उनले गरेका कुराकानी जस्ताको तस्तै ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!