नुवाकोटको दुवै क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र यस्तो हुन्छ - हेर्नुहोस्

Posted on: 09 Nov, 2017

कात्तिक २३, काठमाडौँ | पहिलो चरणको निर्वाचन मङ्सिर १० गते हुँदैछ, निर्वाचन आयोगले १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फको मतपत्रको नमुना सार्वजनिक गरेको छ । पहिलो चरणको चुनाव हुने ३२ वटा जिल्लाका मतपत्रको नमुना आयोगले फरक फरक रुपमा सार्वजनिक गरेको छ ।  

जुन दलको उम्मेदवार जुन क्षेत्रमा उठेको छ, उसैको मात्र चिन्ह हुने हुँदा यसपटक मतपत्र निकै छोटो र छरितो छ । निर्वाचन आयोगले गरेको यसखाले कामले निर्वाचनमा मतदातालाई समेत निकै सहज हुने विश्वास छ त्यसमा पनि गठबन्धन गरेर निर्वाचन लडेकाहरुलाई समेत यस खाले मतपत्रका कारण निकै सजिलो बनाइदिएको छ । 

तालमेल गरेका कारण पनि उम्मेदवारको संख्या घटेको छ, तालमेलकै कारण मनाङ र मुस्ताङको मतपत्रमा अहिलेसम्मकै नमुना जस्तो बनेको छ जहाँ सबैभन्दा कम चिन्ह अर्थात जम्मा दुईवटा मात्र चुनाव चिन्ह छ । 

यसैबीच पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्ला मध्ये नुवाकोटका दुवै क्षेत्रको निर्वाचन अन्तर्गत प्रतिनिधि/प्रदेश सभाको नमुना मतपत्र तलको जस्तै हुनेछ ।

नुवाकोट - १ (प्रतिनिधि सभा) 

नुवाकोट - १ (प्रदेशसभा अन्तर्गत क्षेत्र नं १)

नुवाकोट - १ (प्रदेशसभा अन्तर्गत क्षेत्र नं २)

नुवाकोट - २ (प्रतिनिधि सभा)

नुवाकोट - २ (प्रदेशसभा अन्तर्गत क्षेत्र नं १)


नुवाकोट - २ (प्रदेशसभा अन्तर्गत क्षेत्र नं २)

यस बिषयमा तपाइको प्रतिक्रिया...!