वाम गठबन्धन जनपक्षिय उम्मेदवार हुन, जनताको जित हुन्छ: विष्ट

Posted on: 09 Nov, 2017

प्रेम सुनार/कात्तिक २३, गुल्मी ।  गुल्मी क्षेत्र नम्वर २ का वाम गठबन्धनका  प्रतिनिधी सभाका उमेदवार गोकर्णराज विष्टले वामगठबन्धनका सवै  उमेदवारहरु जनपक्षिय  भएको र उनिहरुको  जित  नै जनताको जित भएको बताएका छन् ।

रेसुङ्गा नगरपालिका वडा नम्वर ५ लामडाँडाको चुनावी सभालाई सम्वोधन गर्दैं उनले  भने –‘ विभेदमा परेका गरिव निमुखा जनताका लागि हामी वामगठबन्धनका उमेदवारहरु साझा र जनपक्षिय उमेदवार हौं, ति वर्ग समुदायबाट आफुहरु भारी मतले विजयी हुने शुनिश्चित भई सकेको छ ।’

उनले सामाजिक न्याय, समानता, स्थिर सरकार र समृद्धि मुलुक निमार्णका लागि वामगठबन्धनलाई विजयी बनाएर आफु जनताको सरकार बनाउने श्रमजिवी जनताका लागि यो ऐतिहाँसिक अवसर भएको बताए   । उनले यो ऐतिहाँसिक अवसरलाई नगुमाउन अग्रह गदै  वामगठबन्धनका जनपक्षिय उमेदवारलाई जिताएर आफुले् चाहेको मुक्तिको बाटो अंगाल्न समेत आग्रह गरे ।


गुल्मी क्षेत्र नम्वर २  स्थानिय तहको निर्वाचनमा काग्रेस भन्दा वामगठबन्धन १३ हजार मतले अगाडी रहेको बताउँदै उनले त्यसको दोव्वर मत ल्याएर जित्ने दावि गरे । उमेदवार विष्टले  रेसुङ्गा नगरपालिका भित्र केहि वडाहरु अझै पनि बत्ति मुनीको अँध्यरो भने झै भएको बताउँदै अव जसरी विगतमा साविकको क्षेत्र नम्वर ३ ले विकास पायो त्यसरी नै रेसुङ्गा नगरपालिवासीले विकास पाउने उद्घोष गरे  ।

वडा नम्वर ५ को लामडाँडा लगायतका गाउँहरुमा मोटर बाटाको हरिविजोग देखेर आफु अचम्वीत भएको बताउँदै उनले स्थानियवासीलाई सुविधा सम्पन्न सडक बनाई दिने र लिफ्टीङ्ग सिस्टम खानेपानी योजना पारेर सिंचाईको व्यवस्था समेत कृषकलाई मिलाउने बताए ।

बृद्ध भत्ता एकल महिला भत्ता अपाङ्ग भत्ता मात्र होईन भने सुत्केरी भत्ता समेत मासिक ५ हजार बनाउने वामगठबन्धनको संयुक्त चुनावी एजेण्डा रहेको जानकारी दिए । एमालेका प्रभावशाली नेता समेत रहेका विष्टले आजै रेसुङ्गा नगरपालिका वडा नम्वर ६ को वृहत चुनावी सभालाई समेत सम्वोधन गरेका छन् ।

संयुक्त चुनावी सभामा क्षेत्र नम्वर २ प्रदेश क का उमेदवार खड्क केसी, माओवादी केन्द्रका जिल्ला संयोजक विरबहादुर कार्क , रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल,  नेकपा एमालेका सचिवालय सदस्य गणेश श्रीपाली, वडा नम्वर ५ का वडाध्यक्ष गनबहादुर गुरुङ्ग लगायतका नेताहरुले सम्वोधन गरेका थिए ।

वडा नम्वर ५ मा तेजप्रसाद खनालको अध्यक्षता र गणेश मरासीनीको सञ्चालन रहेको थियो भने वडा नम्वर ६ मा रामप्रसाद मरासीनीको अध्यक्षता र हरिप्रसाद पोखरेलको सञ्चालन रहेको थियो । उक्त वडा गत स्थानिय निर्वाचनमा नेकपा एमाले एक्लैले कांग्रेस भन्दा चार सय मत बढिले जितेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!