सुर्य र हसियाँ हथौडा बाहेक अन्त मत हाले त्यसै खेर जाने ठोकुवा

Posted on: 10 Nov, 2017

प्रेम सुनार | कात्तिक २४, गुल्मी | नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर २ का उमेदवार गोकर्णराज विष्टले यसपाली वाम गठबन्धनको सुर्य र हसियाँ हथौडा बाहेक मत हाल्ने मतदाताको मत खेर जाने ठोकुवा गरेका छन् धुर्कोट गाउँपालिका १ नयाँगाउ नेकपा एमाले र माओवादी केन्द्रले आयोजना गरेको सयुक्त चुनावी कार्यक्रमलाई सम्बोधन गदै उमेदवार  बिष्टले यस्तो ठोकुवा गरेका हुन् । 

गुल्मीको मात्र कुरा नगरौं सिङ्गो देश नै वामपन्थी मय भई सक्यो नेता विष्टले भने विगतमा अरु पार्टीमा  मत हाल्नेहरुले पनि अहिले वाम गठबन्धनको सुर्य चिन्ह र हँसिया हतौडामा भोट हालौं अन्यत्र भोट हाल्नु भयो भने तपाईको अमुल्य मत त्यसै खेर जाने निश्चित छ ।

उनले गभै देखि मर्ने वेला सम्म धर्म माने झै अव कुनै पार्टी मान्ने जमना गएको भन्दै उनले सर्वसाधरणलाई अव परिवर्तनका पक्षधर जो छ त्यसैलाई रोज्न सुझाव दिए । वामपन्थी उमेदवार नै अहिलेको जनपक्षिय उमेदवार भएको कुरा दोहराउँदै नेता विष्टले जनपक्षियहरुका पछाडी नलाग्नेहरु पुरातनवादीका रुपमा एक्लीने चेतावानी समेत दिए ।  देशभरका १ सय ६५ निर्वाचन क्षेत्र मध्ये नेपाली काग्रेस लगायत अन्य केही राजनितीक दलहरुको जम्मा ११ वटा निर्वाचन क्षेत्रमा बहुमत देखिन्छ उनले भने‘ हामी १ सय ५४ निर्वाचन क्षेत्रमा बहुमतमा छौ, वाम गठबन्धनको पूर्ण बहुमत आउछँ ।’

 नेता बिष्टले आफ्ना केही चुनावी एजेण्डा समेत सार्वजनिक गदै आफ्नो क्षेत्रमा शुद्ध पिउने पानी, निःशुल्क स्वास्थ्य सेवाको पहुँच पुर्याउने,स्थानीय सडकहरूको स्तरोन्नती लगायत नयाँगाउँ पिपलधारलाई सुन्तला बगैचाको रुपमा विकास गर्ने समेत योजना रहेको बताए । विष्ट २०५६ साल र २०७० सालको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर ३ वाट प्रतिनिधि सभामा निर्वा्चित भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!